२०८२ चैत्र १ गते आइतवार

फुर्केशल्लीमा नेपाल टेलिकमको टावर निर्माण कार्य शुरु,जनता उत्साहित

प्रमोद आचार्य,दंगीशरण बैशाख २५ । दंगीशरण गाउँपालिकाको वडा नं.१ को दुर्गम ठाउँको रुपमा चिनिने फुर्केशल्लीमा संचारको पहुँच पुग्ने भएपछि त्यहाँका स्थानिय वासीन्दा हर्षित भएका छन ।

दाङको दङगीशरण एक फुर्केसल्लि जुन ठाउँमा फोन गर्न एक घण्टा हिडेर अग्लो डाडामा जानुपर्ने बाध्यता थियो। अब त्यस ठाउँका जनताको समस्यालाइ बुझि दैनिक जनजिबन सहज गराउन दंगीशरण गाउँपालिकाको नियमितको पहलले नेपाल टेलीकमले आफ्नो काम अगाडी बढाएपछी त्यहाँका जनता संचारको पहुचमा जोडिने भएका हुन।

टावरको काम सुरु हुन लागे सङ्गै गाउँले हरु धेरै भन्दा धेरै खुसि देखिन्छ्न ।अब केहि महिनामै एक घण्टा हिडेर डाडाँमा गएर फोन सम्पर्क गर्नपर्ने त्यहाँका जनताको बाध्यता हराउने छ गाउँपालिका अध्यक्ष सम्भु गिरीले बताए ।

गाउँपालिका उपाध्यक्ष पिमा खड्काले आफ्नो पहिलो कार्यकाल देखीनै त्यहाँका जनतालाइ संचारको पहुचमा जोड्ने आफ्नो चाहना अहिले आएर पुराहुन लागेको प्रती खुसि ब्यक्त गरिन ।

अहिलेको समयमा पनि आफ्नो पालिकाको एउटा वडा जहाँ संचारको पहुँच नपुगेको प्रति दुखी हुदै अहिलेको स्थानीय सरकारका प्रमुख शम्भु गिरी र उपाध्यक्ष पिमा वलि खड्काले आफुले चुनावी प्रतिबद्धता अनुसारका काम हरुलाइ निरन्तरता दिने क्रममा संचारको पहुच पुर्याउन काम शुरुवात गरीएको पालिका अध्यक्ष गिरीले बताए ।

पालिकाले पहिलो बर्ष पिछडिएका ठाउँ जहाँ बिधुत संचार र खानेपानी जस्ता कुराहरुको पहुँच पुग्न सकेको छैन त्यस्ता ठाउँ तथा वडाहरुलाइ प्राथमिकतामा राखी विकासको कामहरु अगाडी बढाएको जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *