२०८२ चैत्र ३ गते मङ्गलवार

सन्दीपको मुद्दाको सुनवाइ स्थगित

काठमाडौँ ,बैशाख २४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको आइतबारलाई तोकिएको अन्तिम बहसको पेसी स्थगित भएको छ।

गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरू भएपनि न्यायाधीश दीपक ढकालले लामो बहसपछि मुद्दा हेर्न नभ्याइनेमा राखेसँगै लगातार सुनुवाइ हुन सकेको थिएन। जसको पेसी आजका लागि तोकिएको थियो।

तर, जाहेरीकर्ताको तर्फबाट अन्तरिम क्षतिपूर्तिका लागि अर्को निवेदन आएपछि मुद्दाको आजको पेसीपनि स्थगित गरिएको हो।

सर्वोच्चको दैनिक कार्यसूची अनुसार सन्दीपको मुद्दा आज न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो। तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ। यसप्रति सन्दीपका वकिलले असन्तुष्टि जनाएका छन्।

सन्दीपको तर्फबाट बहस गरिरहेका अधिवक्ता सरोज घिमिरेले ‍न्यायिक प्रक्रियालाई प्रभावित तुल्याउने प्रयास भएको बताएका छन्।

प्रकाशित मिति : २०८० बैशाख २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *