तुलसीपुर, बैशाख २१ । त्रिशिद्धेश्वरी राप्ती यातायात कर्मचारी युनियनको अध्यक्षमा दिनेशजंग शाह सर्वसम्मत रुपमा चुनिएका छन् ।
बिहीबार तुलसीपुरमा भएको अधिबेशनले यसअघिका कार्यबहाक अध्यक्ष शाहलाई यूनियनको नेतृत्व प्रदान गरेको हो । तीन बर्षे कार्याकालका लागि सर्वसम्मत रुपमा सबै कार्यसमिति चयन गरिएको छ ।
युनियन नेतृत्व बिहीन बन्दा र संगठन नै अस्त ब्यस्त भएको समयमा शाहले कार्यबहाक सम्हालेर कठिन अवस्थामा संगठनको छबी जोगाएको भन्दै अधिबेशनले उनकै नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।
बिगत लामो समयदेखि उक्त प्रालिमा कार्यरत शाह प्रशासनिक इञ्चार्जपनि हुन । नवनिर्वाचित अध्यक्ष शाहले आँफुले सम्पूर्ण कर्मचारी, यातायात ब्यबसायी र पदाधिकारीको हितमा काम गर्ने बताएका छन् ।
त्रिशिद्धेश्वरी प्रालिलाई मुलुकै एक अग्रनी र विश्वासिलो संस्थाको रुपमा अगाडि बढाउन सर्वसाधारण यात्रुका उचित सुझावहरु आत्मसाथ गरिने उनले प्रतिबद्धता जाहेर गरेका छन् ।
अधिबेशनले युनियनको बरिष्ठ उपाध्यक्षमा दीपक थापा, उपाध्यक्षमा यज्ञबहादुर वली, कोषाध्यक्षमा मोहन श्रेष्ठ, सचिवमा दिपेन्द्र शाह (मनोज) र सहसचिवमा कृष्ण केसीलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा सुवर्ण डाँगी, अर्जुन न्यौंपाने, सुजित लामिछाने, अनिल कवँर, निरञ्जन गुरुङ (प्रदीप) , दुर्गेश घर्ती र प्रकाश केसीलाई चयन गरेको छ ।
