२०८२ चैत्र १ गते आइतवार

ट्रक पल्टिदा दुई जना घाइते

तुलसीपुर,बैशाख १९ । दाङमा ट्रक पल्टिंदा दुई जना घाइते भएका छन् ।

घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर १७ फोर्टीनाइन चोकमा भएको दुर्घटनामा परी ट्रक चालक तुलसीपुर १७ का ३७ वर्षका गिरिराज चौधरी र सहचालक दंगिशरण १ का १८ वर्षीय सहचालक राम चौधरी घाईते भएका छन् ।

दुवै जनालाई सामान्य चोट लागेको छ । दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

चन्द्रौटाबाट तुलसीपुर आउँदै गरेको ना ५ ख ९२९५ नम्बरको ट्रक मंगलबार बिहान साढे पाँच बजेतिर दुर्घटना भएको हो । ट्रकले मोटरसाइकललाई साइड दिने क्रममा सडक साँघुरो हुँदा दुर्घटनामा परेको प्रहरी चौकी हेमन्तापुरले जनाएको छ ।

चन्द्रौटाबाट २१ टन भुटेको चामल बोकेर आएको ट्रक दुर्घटनामा परेको बिजौरी ट्राफिक बिटका प्रमुख विष्णु न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *