२०८२ चैत्र २ गते सोमवार

क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) को लुम्विनी प्रदेश अध्यक्षमा शाह


दाङ,बैशाख १६ । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लजे) लुम्विनी प्रदेश समितिको अध्यक्षमा लिला शाह (रेडियो हाइवे दाङ), सर्वसम्मत निर्वाचित भएकी छन् ।

प्रदेश समितिको शनिवार बुटवलमा सम्पन्न प्रथम भेलाले शाहको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भगवती पाण्डे (लुम्विनी टेलिभिजन÷सेतोपाटी अनलाइन), महासचिव गंगा खड्का (अन्नपूर्ण पोष्ट, आजको पोष्ट डटकम बुटवल), कोषाध्यक्ष सावित्री गिरी (गोरखापत्र दैनिक, बाँके), सदस्य कल्पना तिवारी (रेडियो मूक्ती, बुटवल), रोशनी मल्ल (पहल संचार, दाङ), गिता पौडेल (रेडियो भ्वाइस, कपिलवस्तु), सृजना भट्टराई (बुटवल एफएम) र मालती न्यौपाने (रेडियो परासी) चयन भएका छन् । प्रदेश समितिको सल्लाहकारमा बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेल र दाङका संस्थापक अध्यक्ष बसुन्धरा गौतमलाई मनोनित गरिएको छ ।

संघर्षशिल पत्रकार महिला सम्मान–२०८० खनाललाई
क्रियाशिल पत्रकार महिला रुपन्देहीले शाखाले स्थापना गरेको संघर्षशिल पत्रकार महिला सम्मान–२०८० बाट शाखाकी पूर्व सचिव सचिव इन्दिरा खनाललाई नगद दश हजार रुपैयाँ र दोसल्लाले सम्मानित गरिएको छ ।

खनाल हाल नेपाल पत्रकार महासंघ जापान शाखाकी उपाध्यक्ष छिन् ।

पत्रकारिता क्षेत्रमा महिलाहरुको उपस्थिती कमजोर बन्दै गइरहेको बेला डब्लुडब्लुजेले प्रदेशमा क्रियाशिल पत्रकारहरुलाई संगठित गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *