तुलसीपुर, बैशाख १६ । तुलसीपुर नगर जेसिजले नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ ।
तुलसीपुर नगर जेसीजका अध्यक्ष सालिकराम वलिको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
वडा अध्यक्ष जिसीले जेसिज एक खुल्ला विश्वविद्यालय भएको हुनाले हजारौँ युवाहरुले व्यक्तित्व र नेतृत्व विकास गरिरहेको बताए ।
उनले समाजको विकृति विसंगतिलाई निराकरण गर्न जेसिजमा आबद्ध उर्जाशील युवाहरुले निरन्तर काम गरेको बताए ।
‘समाजको अभाव जहाँ रहेको हुन्छ, जेसीजको उपस्थिति त्यही रहेको छ,उनले भने–‘समाजलाई सकारात्मक परिवर्तन गराउन जेसिजले खेलेको भूमिका प्रशंसनिय छ ।’
जेसि मोतीराम भुसालको स्वगत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शिक्षक नवीन पराजुली, तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाई समितिका अध्यक्ष यमकान्त भण्डारी, तुलसीपुर नगर जेसिजका अक्षयकोष दाता केशव सापकोटा, सामाजिक अभियन्ता पदम पोख्रेलले जेसिजमा आवद्ध भएर धेरै युवाहरुको जीवन परिवर्तन भएको बताए ।
२०१२ मा स्थापना भएको संस्थाले निरन्तर रूपमा सामाजिक काम गरेको पूर्व अध्यक्ष विमल कुमार पौडेलले बताए ।
कार्यक्रममा पूर्व अध्यक्ष झरेन्द्र खरेल, मेघराज घिमिरे, सूर्य शर्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष सागर न्यौपानेले आस्था पाठ बाचन गरेका थिए भने बनभोज कार्यक्रमका कार्यक्रम संयोजक तुफान सापकोटाले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको सहजीकरण महासचिव सन्दिप भुसालले गरेका थिए ।