२०८२ चैत्र १ गते आइतवार

डिल्लीबहादुर चौधरी मुख्यमन्त्रीमा नियुक्त


तुलसीपुर, बैशाख १४ । नेपाली काँग्रेस नेता डिल्लीबहादुर चौधरी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

बिहीबार दिउँसो ५३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

यो संगै उनी लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्री बन्न सफल भएका छन् ।

बिहीबार दिउँसो साढे १ बजेतिर दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित चौधरीले प्रदेश प्रमुख शेरचन समक्ष प्रदेश सभाका बहुमत सांसद ५३ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

त्यसैका आधारमा बिहीबार बेलुका प्रदेश प्रमुख शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

प्रदेश प्रमुख शेरचनले बैशाख १२ गते संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा नयाँ सरकार गठनको लागि बिहिबार दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका थिए ।

मुख्यमन्त्रीका रुपमा चौधरीले शुक्रबार बिहान साढे ११ बजे सपथ लिने भएका छन् ।

प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *