२०८२ चैत्र ३ गते मङ्गलवार

बारा २ मा सर्वदलीय बैठक सकियो


वीरगञ्ज,बैशाख ११ । बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु गर्न सोमबार बिहान बसेकाे सर्वदलीय बैठक सकिएको छ।

बैठकले आज बिहान ११ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।

गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले सोमबार बिहान‍ सर्वदलीय बैठक सुरु भएको हो।

मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ। बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो।

यो क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र कुशवाहा, एमालेबाट पूर्वमन्त्री पुरुषाेत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलल उम्मेदवार छन्।यी चार जनाबीच नै मुख्य प्रतिस्पर्धा छ।

यहाँ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *