तुलसीपुर , बैशाख ४ । दाङको खैरा चोकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना युवाको मृत्यु भएको छ ।
नारायणपुरबाट–तुलसीपुर तर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं. १० स्थित खैरा चोकमा ठक्कर दिएको थियो ।
दुर्घटनाका घाइते मध्य एक जनाको घटनास्थलमै मृत्यु भएको र अर्का घाइतेलाई घोराहीस्थित राप्ती बिज्ञान प्रतिष्ठान पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रबक्ता डिएएसपी राजन गौतमले जानकारी दिए ।
मृतक घोराही ११ खैराका २५ बर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ बर्षीय गोपाल बिक रहेको डिएसपी गौतमले जानकारी दिए ।
तुलसीपुर – घोराही सडक खण्ड अन्तरगत सोमबार बिहान साढे ११ बजेतिर घोराहीको नारायणपुर चोकबाट आउँदै गरेको ट्रकले गाउँबाट खैराचोकमा आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मृतक मध्य एक जनाको शब अहिले पनि घटनास्थलमै रहेको प्रहरीले जानकारी दिएको छ ।