२०८३ बैशाख ६ गते आइतवार

अन्तर कलेज स्तरीय ‘टि–२० क्रिकेट टुनामेन्ट’ प्रतियोगिता सुरु

तुलसीपुर,फागुन १८ । दाङको तुलसीपुरमा अन्तर कलेज स्तरीय ‘टि–२० क्रिकेट टुनामेन्ट’ प्रतियोगिता सुरु भएको छ । ज्ञान ज्योति एजुकेशन फाउण्डेशन तुलसीपुरको आयोजनामा बिहिवार देखि अन्तर कलेज स्तरीय ‘टि–२० क्रिकेट टुनामेन्ट’ प्रतियोगिता सुरु हो ।

उक्त प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारी (बर्षात) ले गरेका छन ।

तुलसीपुरको अरणीको मैदानमा सुरु भएको प्रतियोगितामा दाङ जिल्लाका १२ वटा कलेज तथा विद्यालयहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

ज्ञान ज्योति एजुकेसन फाउन्डेसनका सिइओ सुरेन्द्र जिसिको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि वडाध्यक्ष भण्डारील खेलकुद क्षेत्रमा ज्ञान ज्योतीले गरेको कार्य तथा गतिविधिहरु सराहनीय रहेको बताए ।

तर उनले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनमा राज्यको ध्यान नपुग्दा प्रतिभावान खेलाडीहरु गुमनाम अवस्थामा रहेको बताए । ‘अझैपनि खेल र खेलाडीमाथि राज्यको ध्यान नपुगेको महसुस भइरहेको छ,‘ उनले भने,‘जसले गर्दा खेलकुद क्षेत्रको विकास हुन सकेको छैन ।’

उनले खेल र खेलाडीहरुको विकास र संरक्षणका निम्ती वडा सरकारबाट आगामी दिनमा सक्दो बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत मनबहादुर खडका तुलसीपुरले खेलकुदलाई अतिरिक्त क्रियाकलापमा जोडेर कार्यक्रमहरु गर्दै आएको धारणा राखे ।

त्यस्तै खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेतले राज्यले खेलकुदलाई फराकिलो बनाउन नसकेको गुनासो गरे । ‘देश संघियता गएको लामो समय वितिसक्दा समेत खेलकुद क्षेत्रको अवस्था दयनीय छ,उनले भने,‘यस्तो अवस्थामा ६÷६ वर्षसम्म पनि स्थानीय सरकारले खेल सम्बन्धी कार्यबिधी ÷निर्देशिका बनाउन नसक्नु दुःखद कुरा हो ।’

उनले युवा खेलाडीहरुलाई समेटेर खेलकुदको बिकासमा सबैतहबाट जुट्नुपर्ने बताए ।

कार्यक्रममा युवा परिसद दाङको अध्यक्ष अरुण लहरे,एन प्याब्सन दाङका अध्यक्ष बिमल गौतम, खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्ब आचार्य, क्रिकेट संघ दाङका कोषाध्यक्ष बालकृष्ण केसी लगाएतले खेलकुदले शारीरिक,भौतिक र मानसिक रुपमा सबल बनाउन मद्दत पुग्ने बताए ।

क्रिकेटको आफ्नै क्रेज हुदांहुदै पनि जिल्लामा अन्य खेलको तुलनामा कमै मात्रामा यो खेल हुने गरेको अबस्थामा ज्ञानज्योतीले आयोजना गरेको यस प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

पछिल्लो समय खेल क्षेत्रलाई फरक दृष्टिकोण हेर्ने गरिन्छ,तर एउटा खेलाडीले खेल मार्फत आफ्नो बिद्यालयसगैं सिंगो जिल्ला हुदै नेपाललाई नै चिनाउने काम गर्दछ,‘उनीहरुले भने ।’

क्रिकेटमा रुचि राख्ने बिद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै क्रिकेटलाई पनि अन्य खेलहरु जस्तै सगंसगै अगाडी बढाउन र यसको महिमालाई बचाइ राख्न अन्तर कलेज स्तरीय टी–२० क्रिकेट टुनामेन्ट प्रतियोगिताको आयोजना गरिएको ज्ञानज्योती फाउण्डेशनका सिइओ सुरेद्र जिसीले बताए ।

उनले यो खेललाई अर्को बर्ष देखि निरंतरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

उक्त कार्यक्रममा ज्ञानज्योती फाउण्डेशनका एकाडेमिक कोडिनेटर शरद गौतमले धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण शिक्षक सोमराज बस्नेतले गरेका थिए ।

त्यस अवसरमा पुर्ब खेलाडीहरु,पत्रकार,प्रहरी लगाएतको सहभागीता थियो । यसैबिच अन्तर कलेज स्तरीय टी–२० क्रिकेट टुनामेन्ट प्रतियोगिता फागुन २५ गतेसम्म संचालन हुने भएको छ ।

उक्त प्रतियोगितामा प्रथम हुनेले नगद रु. २५ हजार,मेडल प्रमाणपत्र,द्धतिय हुनेले नगद रु. १५ हजार मेडल प्रमाणपत्र,उत्कृष्ट खेलाडीले नगद रु.३ हजार मेडल,प्रमाणपत्र,उत्कृष्ट बलरले नगद रु.३ हजार रुपैया प्राप्त गर्ने छन ।

 

 

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *