२०८१ फाल्गुन ६ गते मङ्गलवार

जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड जारी

गोरखा माबी तुलसीपुर शिर्ष स्थानमा

लक्ष्मण बस्नेत,तुलसीपुर फागुन १३। गोरखा माबी तुलसिपुर दाङको बेल्झुण्डिमा जारी जिल्ला स्तरिय १३ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को अग्रस्थानमा रहेको छ ।

दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा संचालित प्रतियोगिताको दोस्रो दिन सम्म ५ स्वर्ण र १ कास्य पदक हात पार्दै गोरखा माबी तुलसीपुर अग्रस्थानमा रहेको हो ।

त्यस्तै जनप्रीय बोर्डिङ स्कुल तुलसीपुर ३ स्वर्ण, १ रजत पदकका साथ द्वितिय स्थानमा रहदा बिपि माबी बयाले शान्तिनगर २ स्वर्ण हात पार्दै तृतिय स्थानमा रहेको प्रतियोगिताका सचिवालय सदस्य तथा टेवलटेनिस सहायक प्रशिक्षक बालकृष्ण शाहले जानकारी दिए ।

तीन दिन सम्म संचालन हुने प्रतियोगितामा जिल्लामा रहेका १० पालिका स्तरका रनिङ शिल्डमा प्रथम, दोस्रो स्थान हासिल गरेका सामुदायिक तथा निजि बिधालयका छात्र, छात्रा बिच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिता अन्तरगत भोलि अन्तिम दिन एथलेटिक्स ट्रयाक तर्फ ३ हजार मिटर, ४ गुणे ४०० रिले,हाईजम्प र त्रीपलजम्प छात्र छात्रा हुनेछ भने भलिबल, कवडी, छात्र छात्रा तर्फको फाईनल खेल हुनेछ ।

यसैबिच प्रतियोगिताको औपचारिक समापन तथा पुरस्कार बितरण बिहान १२ बजे पछि गर्ने कार्यक्रम तय भएकोछ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *