२०८२ जेष्ठ ३० गते शुक्रवार

कांग्रेस सांसद् भण्डारीको स्वास्थ्यमा सुधार, कृतिम अक्सिजनको मात्रा शून्यमा झार्ने तयारी

काठमाडाैँ ,फागुन ८ । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईमा उपचार भइरहेको छ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत कांग्रेस नेता एवम् प्रतिनिधिसभाका सांसद् भण्डारी स्वास्थ्य अवस्थामा सुधार भइरहेको उनको उपचारको नेतृत्व गरिरहेका डा.मुकेश मिश्रालाई उदृत गर्दै कांग्रेसका एक नेताले जानकारी दिए।

उनका अनुसार नेता भण्डारीको अवस्था अहिले सामान्य बन्दै गएको छ। साथै शुक्रबारदेखि उनलाई नलीमार्फत् खाना खुवाउन सुरु गरिएको छ।

शनिबार बिहान डिहाइड्रेसनका कारण पिसाव कम भएको र प्लेटलेस एक लाखमा झरेकोमा शनिबार साझसम्म तरल मात्रा बढाउँदा डिहाइड्रेसनको अवस्था सामान्य रहेको बताइएको छ।

शनिबार दिउँसो उनको छातिको फिजियो थेरापी गरिएको र अहिले बाहिरबाट हेर्दा आँखा खुला हेरिराखेको बताइएको छ। अनुहारमा डढेको कालो छाला झरी नयाँ पलाउन लागेकोजस्तो पनि देखिएको बताइएको छ।

यस्तै, कृतिम अक्सीजनको मात्रा ३५ प्रतिशतमा झारिएको र भोलिदेखि कृतिम अक्सिजनलाई शून्य प्रतिशतमा झार्ने तथा प्राकृतिकरूपमा श्वास प्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डा. मिश्रालाई उदृत गर्दै ती नेताले बताएका हुन्।

ग्यास विस्फोटमा परी कांग्रेस नेतासहित उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी पनि गम्भीर घाइते भएकी थिइन्। शरीरकाे ७० प्रतिशत भाग जलेकी आमाको उपचारका कीर्तिपुर अस्पतालमा निधन भएको हो।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *