दाङ,फागुन ४ । दाङमा महाशिवरात्रि पर्वमा विशेष सांस्कृतिक कार्यक्रम गरिने भएको छ।
लुम्बिनी प्रदेशको पर्यटकीय क्षेत्र जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानले शिवरात्रिमा विशेष सांस्कृतिक कार्यक्रम राखिने भएको प्रतिष्ठानका महासचिव लोकमणी बञ्जाडेले जानकारी दिए।
प्रतिष्ठान आत्मनिर्भर हुँदै जाँदा मेलामा प्रवेश निस्शुल्क गरिएको छ। राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त का कलाकारहरुको सहभागिता रहनेछ।
जखेरामा तीन प्रकारको डुंगाबाट तालको परिक्रममा गर्ने व्यवस्था गरिएको छ।
शिवरात्रि पर्वमा शिद्देश्वर शिवालयमा रुद्री पुजा, स्थानीय झाँकी प्रस्तुति गरिने छ। मेलाको तयारी पूरा भएको छ।
प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार