२०८१ पुष २९ गते सोमवार

‘सम्झिनी पानी छम्किनी’

तुलसीपुर, माघ २६ । राष्टिय सभाको निर्वाचनका दिन,अर्थात बुधवार विहानै दश बजे कर्मचारी मिलन केन्द्रमा फेरी चारलेनको चर्चा चल्यो ।

चर्चाबीच नेपाली कांग्रेसका सभापतिले भनिरहेका थिए, चारलेन त अव सम्झीनी पानी छम्किनी…। सवैले बुझिहाले । प्रसंग अन्तै मोडियो…।

विहिवार तुलसीपुरबाट घोराही बस यात्राका क्रममा एक जना सुटेडबुटेड व्यक्ति अचम्मित हुदै भने, यो पुल त निम्जेल्छ, यो बाटो कहिले बन्ने हो? साथी साथी बीचको भलाकुसारी थियो, उनीहरुको । बाटो राम्रो भा भेत वाइकमा आउथ्यौं नी, तर सुट लगाएर पार्टिमा वाइकमा आउनुको अर्थ छैन । उनीहरु घोराहीको भिंग्रेलीमा आयोजित वैवाहिक पार्टिमा आउदै रहेछन् ।

हामी बस यात्रा तय गरीरहंदा तुलसीपुरको हात्तिखौवामा सडक धुलाम्मे भएपछि स्थानिय व्यवसायीहरुले सकेसम्म घरघरबाटै पानी ल्याएर सडकमा पानी चाहारीरहेका थिए । अघिल्लो दिन उनीहरुले धुलो आन्दोलन गरे ।

धुलो हटाउन मागगर्दै चक्का जाम गरे । विचरा यातायात व्यवसायी मोतिपुरबाट उत्तर मोडिएर गुल्म चोकमा आएर चारलेन सडक पछ्याए । यात्रुहरुलाइ एक घण्टा ढिलो गन्तव्य पु¥याए । त्यसपछि तुलसीपुर उपमहानगरपालिकाले पनि अति धुलो उड्ने सडक खण्ड हात्तिखौवामा पानी चाहार्ने वानी पार्न थालेको छ ।

दुधरासको पत्रेखोला ओरालोको उत्तर तर्फका स्थानियबासीले दिनदिनै पाइप लगाएर वाटो चाहारीरहेका छन्, किनकि उनलाइ तरकारी चाहर्नुको कुनै अर्थ छैन, जति सप्रेपनि धुलाम्मे वारीको तरकारी पकाएर खांदा वालुवा र धुलोको क्रयाउ क्रयाउ.. ।

कतै निर्माणमा धोका, कतै मायामा धोका, कतै व्यापारमा धोका । त्यसैले कलाकार सम्रँट चौलागाइले मायामा धोका पाएपछि, अर्थात भनेजस्तो नभएपछि एउटा गित लेखे र आफै स्वर दिएर गाए पनि । उनलाइ साथ दिएकि थिइन रचना रिमालले । गितको वोल थियो, संझिनी पानी छम्किनी….।

मुलुकको समृद्धि यस्तै छ । रातारात सिसि क्यामेरा अफ गरेर अर्थ मन्त्रीले बजेट बनाइ रहन्छन्, कसैलाइ पत्तो छैन । अनागरीकलाइ गृहमन्त्री बनाइन्छ, बल्लतल्ल अदालतले थाहा पाएर वदर गरिदियो । त्रिभुवन विमानस्थलको धावन मार्गमा कहांबाट ककुर प्रवेश गर्छ, सुरक्षा निकायलाइ जानकारी छैन ।

चारलेन नबन्नु कुनै नौलो कुरा होइन । किनकि सडक बनाउने जिम्मा पाएको निर्माण कम्पनीले नेपालमा आफुले कुन साइटको ठेक्का लिएको भन्ने हेक्का छैन ।

बल्ल तल्ल एक पटक दाङ आएको चारलेनको ठेकेदार कम्पनीको प्रवन्ध निर्देशक त्यसपछि फेरी दाङ आउन चाहेको छैन । किनकि उसले पेटि प्रतिनिधि फेरवदल गर्दै गर्दा कम्पनीको ३० करोड डुवी सकेको छ ।

चारलेनका ठेकेदार तथ्य इन्जिनियरीङका नाममा मोवाइल पशलमा उधारो छ, फर्निचर पशलमा उधारो छ, हार्डवेयर पशलमा उधारो छ, सिमेन्ट कारखानामा उधारो छ, अनि उधारै उधारो ।

मोविलाइजेशन वापत पाएको पैसा पनि कहां खर्च भयो? हिसाव किताव छैन, तथ्य इन्जिनियरीङ संग । त्यसैले त दायित्व जिम्मा लिने गरी तथ्यले पटक पटक नेपाली निर्माण कम्पनीलाइ फसाइरहेको छ । फस्नेहरुको लावा लस्कर छ । अहिले सम्म ६ जना नेपाली निर्माण व्यवसायी प्रतिनिधिहरु तथ्य इन्जिनियरीङको मुनाफा प्रलोभनमा फसी सकेका छन् ।

सातौ नंवरमा फस्ने तयारी गरेका रुपन्देहिका व्यवसायी शुनिल रायमाझि पनि पछिल्लो लाइनमा छन् । उनले प्राविधिकलाइ भैसकेको कामको मुल्यांकन गर्न पठाएको जानकारी दुइ साता पहिले दिएका थिए, तर उनी फेरी सन्चारकर्मि र स्थानिय प्रशासनको संपर्कमा आएनन् ।

फेरी हात्तिखौवाका एक जना स्थानियले त्यस्तै गित गाए, चारलेन त अव सम्झीनी पानी छम्किनी…। त्यो भनिरहंदा उनको हातमा धाराको टुटिमा जोडिएको पाइप थियो । सडकमा पानी चाहर्दा चाहर्दै तुलसीपुर खानेपानीको लोडसेडिङ सुरु भो ।

हावा चाहरीरहंदा मात्रै उनले पानी बन्द भएको जानकारी पाए । उनलाइ पानी नआएकोमा कुनै ठुलो आपत्ति थिएन, किनकि पानी त कहिले काहि मात्रै आउने हो । अहिले उनी धुलो उडेकोमा पनि धेरै आक्रोशित छैनन्, किनकि उनलाइ धुलो वानी परीसकेको छ । उनलाइ थाहा छ, सडकमा सरकार छैन ।

सरकार त भागवण्डामा छ, कर्मचारीबाट भारी पैसा लिएर कर्मचारीको सरुवा बढुवा र खटन पाटनमा छ, आफ्ना पार्टिका कार्यकर्तालाइ व्यवस्थापनकालागी मात्रै छ । नागरीकका लागी छैन सरकार भन्दै उनले हावा फुसुर फुुुसुर गरिरहेको पाइपलाइ ढोका भित्र फालिदिएर आफ्नो गन्तव्य तीर लागे ।

चारलेन सडक परीयोजनाको हेड क्वाटर आरआइपी काठमाण्डौको ववरमहलमा छ । स्थलगत कार्यालय लमहीको राटो डाडामा छ । कन्सल्टेन्टको संपर्क कार्यालय घोराहीमा छ । तर हेड क्वाटरमा के भैरहेको छ, परीयोजनाको स्थलगत कार्यालय र कन्सल्टेन्टलाइ अहिले सम्म जानकारी छैन ।

लमही कार्यालयका डिइको अहिले सम्म साइटमा उपस्थीति देखिएको छैन, नत उनले चारलेनको विषयमा आधिकारीक अभिव्यक्ति नागरीकलाइ दिने हैसियत राख्छन् । बढो अचम्मसंग नागरीकलाइ धुलो खुवाउन आएको चारलेन ।

त्यसैले चारलेन प्रति अहिले नागरीक विश्वास छैन, खाली छ आक्रोश । कसैको कावुमा छैन चारलेन । न सिडिओको निगरानीमा, न संघिय सांसदको निगरानीमा, नत स्थानिय सरकार प्रमुखको निर्देशनमा । निगरानी र निर्देशन विहिन बनेको छ, चारलेन । धिक्कार सरकार…। कम्तिमा कोरीयाले बनाइदिएको त्यति राम्रो सडक नभत्काइदिएको भएत…। यात्रुहरुको आक्रोश यहि छ ।

तुलसीपुरबाट घोराही सहित गेट सम्म आइपुगेको मोटरसाइकल यात्री एउटा अन्तरीक्ष यात्री जस्तै देखिन्छ । टाउकोमा हेल्मेट, मुखमा मास्क, आखामा चस्मा, अनि हिउदमा पनि रेनकोट ।

कसैले चिन्दैनन् उसलाइ । मानौ अहिले मोटर साइकलमा घोराही—तुलसीपुर यात्रा भनेको अन्तरीक्ष यात्रा जस्तै हो । अन्तरीक्ष यात्रामा सिस्टम हुन्छ, यो सडकमा चालक आफैले सिस्टम बनाएर गति सिमित बनाउनु पर्दछ । अर्थात चारलेन सडक सम्झिनी पानी छम्किनी…..,।

 

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *