२०८२ माघ २६ गते सोमवार

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध चयन हुँदै

काठमाडौं ,माघ २३ । राष्ट्रियसभाले सोमबार उपाध्यक्ष पाउँदैछ। आज बस्ने राष्ट्रियसभा बैठकमा उर्मिला अर्याललाई उपाध्यक्ष चयन गरिँदैछ।

उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी अर्यालको मात्रै उम्मेदवारी परेको छ।

आइतबार उम्मेदवारीका लागि निर्धारित समयमा सत्ता गठबन्धनको उम्मेदवारको रूपमा अर्यालको मात्रै उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए।

विपक्षी कांग्रेस र एकीकृत समाजवादीले उम्मेदवारी दिएनन्। अर्याल निर्विरोध चयन हुनेछिन्। विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो।

अर्यालको प्रस्तावकमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन्।

राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी) का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक(एक सांसद छन्।

 

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *