२०८१ बैशाख १३ गते बिहिवार

तुलसीपुरको एक वनमा नबजात सिशुको शब फेला

तुलसीपुर , माघ २३ । तुलसीपुरको एक वनमा सालनाल सहितको नवजात सिशुको शब फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक वनमा सालनाल सहितको नब जात सिुशको शब आइताबार दिउँसो फेला परेको हो ।

स्थानीय महिला दाउरा खोज्न जंगल गएको समयमा दिउँसो नबजात सिुश फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक पर्वत केसीले अबैध सम्बन्धबाट बच्चा जन्मिएको हुँदा कसैले जन्मनसाथ वनमा लगेर बच्चा फालेको हुन सक्ने आशंका भइरहेको बताए ।

करिब तीन चार दिन अगाडि कुनै आमाले जन्मिए लगतै वनमा लगेर बच्चा फालेको हुन सक्ने उनले बताए ।

वनमा फेला बच्चा छोरा रहेको प्रहरीले जानकारी दिएको छ ।

शब पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पतालको शब गृहमा लगेर राखिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *