२०८१ बैशाख १२ गते बुधवार

स्थानीयलाई चासो छैन,पदाधिकारी पाहुना मात्रै

डाइनोसर बन्दै नेपाल संस्कृत विश्वविद्यालय

बेलझुण्डी माघ २२ । दशक अघि मात्रै मध्यपश्चिमको सुर्खेत र सुदुर पश्चिमको महेन्द्र नगरमा खोलिएका विश्वविद्यालयहरुको अवस्था कहां पुगिसक्यो, तर यहांको वेलझण्डीस्थीत नेपाल संस्कृत विश्व विद्यालयको अहिले यस्तो अवस्थामा छ कि करिब–करिब एक विद्यार्थी बरावर एक शिक्षक । विएएमएस वाहेक ।

स्थानीयबासीहरुलाइ कुनै चांसो नहुनु तथा पदाधिकारीहरु पारिश्रमिक सहित सेवा सुविधा मात्रै बुझ्न आएका पाहुनाको भुमिकामा रहंदा नेपाल संस्कृत विश्वविद्यालयमा राज्यले गरेको लगानी व्यर्थको छ । ढाकछोप नगरी भन्नुपर्दा नेपाल सरकारले नेपाल संस्कृत विश्वविद्यालयलाइ बार्षिक करीव एक अर्व भन्दा बढि रुपैया लगानी गर्दै आएको छ ।

यो लगानीले विश्व विद्यालयले मस्कीलले दश जना दक्ष आचार्य समेत उत्पादन गर्न सकिरहेको छैन । यसलाइ नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डिका उपकुलपति प्राध्यापक यादवे लामीछानेले डाइनोसरको गति भनेका छन् । ‘यो भन्दा पछि स्थापना भएका अन्य विश्वविद्यालयहरुले कति फड्को मारीसके, तर दशकौं लामो इतिहास बोकेको नेपाल संस्कृत विश्व विद्यालय भने अहिले डाइनोसरको गतिमा छ’, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा लामीछानेले भने । डाइनोसर जसरी लोप भएको थियो, यहि अवस्था रहे कुनैवेला नेपाल संस्कृत विश्व विद्यालय पनि लोप भएर जाने छ, यसलाइ बचाउन स्थानीयको चासो र पदाधिकारीको दायित्व वरावरी हुनु पर्ने प्राडा लामीछानेको भनाइ छ ।

‘शिक्षक पढाउंदैनन्, कर्मचारी काम गर्दैनन्, पदाधिकारी मात्रै तातिएर के हुन्छ?’, लामीछानेको प्रश्न थियो, यथाअवस्थामा विद्यालय चलिरहने मैले संभावना देखेको छैन, मैले यो कुरा माथिल्लो निकायमा पनि स्पष्ट रुपमा भनिरहेको छु । पटक पटक तालावन्दी हुने, खोलिएका विज्ञापन रद्ध हुने, स्थानिय सरकारले चासो नदिने प्रबृत्तिले विश्व विद्यालय तहसनहस भएको उनको अभिव्यक्ति छ । सवै भन्दा पहिले त विश्व विद्यालयलाइ सुधार्नकालागी स्थानियबासीको साझा चासो हुनुपर्दछ । तर स्थानिय सरकारका प्रतिनिधि विश्वविद्यालयमा छिरेको मलाइ थाहा छैन, गुनासो सुनाउंदै उपकुलपतिले भने ।

तालावन्दी किन हुन्छ आफुले बुझ्न नसकेको पनि उनको भनाइ छ । ‘म धनकुटाको मान्छे, कसको मनमा के छ? कसको स्वार्थ के छ? भनेर सवैका घरघरमा छिर्नत सक्दीन नी, स्थानियबासीले विश्वविद्यालयको उन्नतीमा चासो दिनुपर्ने होइन र? लामीछाने पोखिए । पछिल्लो व्याचमा विएएमएसका ३८ जना विद्यार्थिमा ४÷५ जना वाहेक सवै महिला छन् । महिला छात्राबासको व्यवस्थापन गरौं भन्दा कसैको चासो छैन । जग्गा अतिक्रमण पदाधिकारीले मात्रै हटाउन सक्ने होइन, सयौं विगाहा जग्गा अतिक्रमणमा छन् ।

अतिक्रमण अझै दिनप्रतिदिन भैरहेको छ । तर यो विषयमा दाङको स्थानिय सरकारले एक सव्द आवाज उठाएको छैन । दाङका राजनितिक दलहरुले एक सव्द आवाज उठाएका छैनन् । दाङको प्रशासनले एक नजर त्यता लगाउन सकेको छैन । पदाधिकारी मात्रै गाडिमा गएर अतिक्रमण गरी बनाइएका पक्कि घरमा डोजर लगाउन सक्लान? यादवको प्रति प्रश्न थियो, स्थानिय चासो खोइ त ?

लामिछानेका अनुसार अघिल्लो पुस्ताका खारिएका प्राध्यापकहरु थिए, तर अहिले उत्पादन भएका प्राध्यापकमा प्राध्यापन गर्ने क्षमता अत्यन्तै न्युन छ । अहिलेको पुस्तामा ज्ञानको होइन राजनीतिको रग लाग्दा बिग्रिदै गएको छ । यो रंगले प्राध्यापकको प्राज्ञिक मर्यादा भुलाएको छ । तर यो प्रबृत्तिलाइ निमिट्यान्न पार्न उनीहरुलाई जागिरबाट निकाल्न पाउने कसैको अधिकार छैन् । हाजिर गरेर गए पनि वा नआए पनि सरकारी सुविधा उनीहरुले ढुक्क पाउने अवस्था छ । कति दिन कति बर्ष सम्म चल्ला यस्तो प्रबृत्ति? यो सवैको साझा वहशको विषय किन बन्दैन? उपकुलपति एक तमास विश्वविद्यालयका विसंगतीका विषयमा वोलिरहे ।

विश्वविद्यालयमा सक्षम कर्मचारी राख्न खोज्दा तालबन्दी भयो । यहाँका नागरिकहरुले माना काटेर जग्गा दिएर स्थापनागरेको विश्वविद्यालयमा तालाबन्दी हुँदा स्थानीय सरकार तथा नागरिकहरुल ताला खुलाउन कुनै चासो दिएनन् । स्थापना गर्दा जसरी जुन सक्रियता थियो, त्यसैरी नै अहिले विश्वविद्याल सञ्चालनका लागि पनि सक्रिय भएर साथ दिएमा मात्रै पदाधिकारीहरुले पनि उत्साहका साथ काम गर्न बाध्य हुने पनि उनको अभिव्यक्ति थियो ।

फागुनमा सिनेट, बैशाखमा दिक्षान्त

यसैबीच उपकुलपति लामीछानेले नेपाल संस्कृत विश्वविद्यालयको यो बर्षको विश्वविद्यालय सिनेटसभा फागुन महिनाको १२ गते काठमाण्डौमा हुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफु विषम राजनितिक परिस्थीतिका कारण केन्द्रिय कार्यालय रहेको वेलझुण्डिमा पुग्न नसक्ने भन्दै प्रधानमन्त्री निवास वालुवाटारमै सिनेटसभाको स्वीकृति दिएको विश्वविद्यालयका उपकुलपति प्राडा यादव लामीछानेले बताएका छन् । सिनेटसभाको संपुर्ण तयारी भैरहेको पनि उपकुलपति लामीछानेले बताए ।
त्यसैगरी बर्षौ देखि रोकिएको नेपाल संस्कृत विश्वविद्यालयको दिक्षान्त समारोह पनि आगामि बैसाख महिना भित्र सम्पन्न गर्ने तयारी भैरहेको पनि उपकुलपति लामीछानेले बताएका छन् । त्यसका लागी सर्टिफिकेट र आवस्यक फाइलहरु खोज्ने काम भैरहेको बताए ।

‘दिक्षान्त समारोहका नाममा कर्मचारीबाट कमिटि बनाउने, सम्योजक तोक्ने भत्ता खाने जस्ता प्रबृत्तिलाइ अन्त गरेर थोरै बजेटमा दिक्षान्त समारोह सम्पन्न हुने छ’, लामीछानेले भने, पहिले जस्तो लाखौं रुपैया खर्चेर दिक्षान्त हुने छैन ।

त्यसैगरी उनले आफ्नै कार्यकालमा अनुसन्धान केन्द्र र राष्ट्रिय सांस्कृतिक केन्द्र एउटै भवनमा सन्चालन गर्ने गरी भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको बताए ।
‘दुवै कार्यालयहरु नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय कार्यालय हाताभित्रै सन्चालनमा आउने छन्, राजधानीमा भाडाको कोठामा होइन’, उपकुलपति लामीछानेले स्पष्ट पारे । त्यसैगरी बर्षौ देखि बजेट परेर पनि निर्माण हुन नसकेको वोटानिकल गार्डेन निर्माणका लागी पनि टेण्डर भैसकेको बताएका छन् ।

 

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *