२०८१ बैशाख ११ गते मङ्गलवार

बालविवाह न्युनीकरणमा धार्मिक गुरुहरुको सामुहिक प्रतिबद्धता

तुलसीपुर,माघ १९ । तुलसीपुर उपमहानगरले जन्मदर्ताको महत्व र बालबिवाह सम्बन्धी धार्मिक गुरु तथा सरोकारवालाहरुसग अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक बिकाश शाखाले सम्बन्धीत वडा कार्यालय र युनिसेफको सहकार्यमा गत माघ १० गतेदेखि जन्मदर्ताको महत्व र बालबिवाह सम्बन्धी धार्मिक गुरु तथा सरोकारवालाहरुसग अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो ।

सोही कार्यक्रम अन्तरर्गत बुधवार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ र १५ नम्बर वडामा जन्मदर्ता र बालविवाह सम्बन्धी धार्मिक गुरु र सरोकारवालाहरु बीच अभिमुखिकरण कार्यक्रम भएको छ ।

उक्त कार्यक्रममा बालविज्ञ नवराज लामिछानेले बालबालिकाको अधिकार, श्रमका लागि बालबालिकाको उमेर, रोजगारीका लागि छनोट, मतदानको महत्व, बाल्यकालको बारेमा सामाजिक÷साँस्कृतिक मान्यता, आम समुदायले गर्ने बालाबलिकाको परिभाषा, व्यक्तिगत घटना दर्ता सम्बन्धी कानूनी व्यवस्था, बालविवाह, बालविवाह हुने कारण, बाल विवाहको नकारात्मक असर, बाल विवाह अन्त्यका लागि भुमिका लगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा वडा नं. १४ का सचिव आसाराम चौधरीले अझैपनि उमेर नपुगेर बिहे गरेका र केही नागरिकता बनाई बिहे गरि बच्चा जन्माईसकेपछि जन्मदर्ता गराउन भनी आउने गरेको बताए । उनले वडालाई बालमैत्री बनाउन सचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा सहभागी भएका धार्मिक गुरुहरु र मटहवाहरुले बालबालिका जन्मेपछि ३५ दिन भित्रै जन्मदर्ता गराउन प्रेरित गर्ने र बालविवाह न्युनिकरण गर्न आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । त्

यस्तै धार्मिक गुरु तथा गुरुवाहरुले प्रभावकारी भूमिका निर्वाह गरेमा बालविवाह अन्त्य गर्न केही सहयोग हुने भएकाले यस्तो खालको कार्यक्रम आयोजना गरिएको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताइन ।
सन २०३० सम्म नेपालका ७ सय ५३ वटै पालिकालाई बालमैत्री घोषणा गर्ने सरकारको लक्ष्य अनुरुप विगतका वर्ष देखि नै वडा वडामा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले बताइन ।

कार्यक्रममा धार्मिक गुरुहरु र महटवाहरुले चारवुदें प्रतिवद्धतापत्रमा हस्ताक्षर पनि गरेका छन् । हामी सबैले बालबालिकाहरुको कहि कतै जन्म भएको जानकारी पाएमा जन्मदर्ता समयमै गराउनका लागि अभिभावक र सम्बन्धित परिवारलाई सचेत एवं प्रेरित गराउँदै सम्बन्धित निकाएमा जानकारी गराउँछौ ।

बालबालिकाको पहिचानसहितको जन्मदर्ता समयै गर्न गराउँनका लागि आवश्यक सल्लाहा सुझाव र सहयोगका लागि हामी प्रतिवद्ध रहनेछौं । कुनै पनि विवाहका लागि धार्मिक÷सामाजिक परम्पराअनुसार विवाह सम्पन्न गराउन अनुरोध गर्न आएमा उमेर निश्चित गरी विवाहको कार्य थालनी गर्ने गराउनेछौं र समुदायमा कहि कतै बाल विवाह हुन लागेको जानकारी पाएमा सम्बन्धित निकायमा यसको रोकथामका लागि समन्वयकारी भुमिका निर्वाह गर्नेछौं भनी प्रतिवद्धतापत्रमा हस्ताक्षर पनि गरेका हुन् ।

 

प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *