२०८१ बैशाख १३ गते बिहिवार

तुलसीपुर चेम्बरले भन्यो – ‘प्रतिबद्धता अनुसार पैंशा नआए यसअघिको मेलाबाट झन्डै ४ लाख घाटा हुन्छ’

तुलसीपुर,माघ १९ । तुलसीपुर चेम्बर अफ कमर्सले गत बर्ष पुसमा लगाएको तुलसीपुर महोत्सवको आयव्याय विवरण बिहीबार सार्वजनिक गरेको छ ।

चेम्बरको कार्यकक्षमै पत्रकार सम्मेलन गरि महोत्सवको आयव्याय सार्वजनिक गरिएको हो । चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव प्रेमप्रकाश गिरीले महोत्सवबाट झन्डै ४ लाख घाटा भएको विवरण सार्वजनिक गरेका थिए ।

प्रतिबद्धता अनुसार १६ लाख जति रकम अझैं प्राप्त नभएको र त्यो रकम प्राप्त नभए ३ लाख ९७ हजार ३ सय ३६ रुपैंया घाटा हुने महासचिव गिरीले बताए । जबकी पत्रकारलाई वितरण गरिएको विवरणमा वाल उद्याणको शिर्षक नै समेटिएको छैन । गत बर्ष पुसमा चेम्बरले लगाएको महोत्समा बालउद्याण पनि राखिएको थियो ।

उक्त मेला महोत्सवबाटथ कुल ४३ लाख ७१ हजार ६ सय ३७ रुपैंया आम्दानी भएको र त्यो भन्दा बढी ४७ लाख ६९ हजार रुपैया खर्च भएको विवरण सार्वजनिक गरिएको थियो । चेम्बरले संस्थाको भवन निमार्ण गर्ने र केही रकम सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यसहित गत वर्षको पुस महिनामा तुलसीपुरको हात्तीखौवामा व्यापारीक महोत्सव सञ्चालन गरेको थियो ।

एक बर्ष पछि किन खर्च विवरण सार्वजनिक गरिएको हो ? भन्ने प्रश्नमा – अध्यक्ष घर्तीले अडिट लगाएत विविध कारणले महोत्सवको आयव्याय सार्वजनिक गर्न ढिलाई भएको जबाफ दिएका थिए । पहिलो पटक भएको हुँदा काम गर्ने तौरतरिका नजानेको, धेरै कुरा ब्यबस्थापन गर्न नसक्दा मेलाबाट घाटा बेहोर्नु परेको उनले बताए ।

‘उतिखेर तुलसीपुर उद्योग वाणिज्य संघ संग एउटा प्रतिष्ठाको लडाइ जस्तो भयो,’ अध्यक्ष घर्तीले भने ‘ ब्यक्तिगत खर्च गरेरै भएपनि महोत्सव संचालन गर्नुपर्ने परिस्थिति आएको थियो र हामीले धेरै कुरा मिलाएर गर्न नसक्दा समस्या भयो ।’ मेला लगाएका मध्य लुम्बिनी प्रदेशमै सबै भन्दा बढी कर तिर्ने आँफुहरु नै भएको उनले दाबी गरे ।

अरुले ८० देखि एक डेढ लाखसम्म कर तिरेपनि आँफुहरुले काम गर्ने तरिका नजान्दा ८ लाख बढी कर तिर्नु पर्दा घाटा बेहोर्नु पर्ने अवस्था आएको अध्यक्ष घर्तीले बताएका थिए ।
स्रोतका अनुसार उतिखेर चेम्बरले मेला संचालनका लागि ७० लाखमा ठेक्का दिएको चर्चा चलेको थियो । तर, पत्रकार सम्मेलनमा ठेकेदारपनि निकै कञ्जुस फेला परेको बताएका थिए ।

अरु कुन शिर्षकमा कति आम्दानी र खर्च ?

महोत्सवमा ३२ लाख ५६ हजार ६ सय ३७ को टिकट बिक्रि भएको , ७ लाख ७ हजार ५ सय रुपैयाको स्टल बिक्रि भएको र ४ लाख ७ हजार ५ सय विभिन्न सघंस्थाबाट सहयोग प्राप्त भएको महासचिव गिरीले बताए ।

सबैभन्दा बढी खर्च छापाखानामा ८ लाख ९६ हजार ६ सय १४ रुपैया भएको उल्लेख गरिएको छ । त्यस्तै आन्तरिक राजस्व कार्यालय तुलसीपुरलाई ८ लाख १४ हजार ३ सय ८६ रुपैया कर तिरेको महासचिव गिरीले जानकारी दिए ।

बिद्युत तथा पानी १ लाख १२ हजार ६ सय ५०, खाजा नास्ता तथा खाना ६ लाख २९ हजार ८ सय ७४,सरसफाईमा ९ हजार ३ सय ८ , इन्धन १ लाख ३२ हजार १ सय ५१, स्टेशनरी तथा विविध ६८ हजार ५ सय १४,पोसाक खरिद ९० हजार, अतिथि सत्कार ४६ हजार ३ सय ५०, सूचना तथा सञ्चार ३ लाख ४८ हजार ५ सय,स्वास्थ्य २४ हजार १ सय ५०, कार्यक्रम खर्च १ लाख ५२ हजार २ सय ७८,विविधि १० हजार,यातयात २ लाख १५ हजार ५ सय २५,सुरक्षा ३५ सय,आवास खर्च ९४ हजार ४ सय १० रुपैया खर्च भएको छ ।

त्यस्तै साउण्ड सिस्टम खर्च ८५ हजार ५०,कलाकार खर्च ४ लाख ५८ हजार ७ सय ४०, अडिट खर्च २५ हजार, व्यवस्थापन खर्च ५२ हजार गरी कुल ४७ लाख ६९ हजार रुपैया खर्च भएको महासचिव गिरीले बताए ।

उनले १६ लाख २५ हजार रकम आउन बाँकी रहेको तथा १२ लाख २७ हजार ६ सय ३७ हजार रुपैया तिर्न बाँकी रहेको जानकारी दिए ।

 

प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *