२०८१ बैशाख १० गते सोमवार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु,एक जना घाइते

रुकुमपश्चिम, माघ १८ । रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति जिल्लाको मुसीकोट नगरपालिका –१४ छिवाङ ज्युलास्थित डुडे बगरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो, भने एक जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठकाअनुसार ट्याक्टर दुर्घटनामा परेर भेरी नगरपालिका –१ जाजरकोटका अन्दाजी ३४ वर्षीय हरिबहादुर विकको मृत्यु भएको हो ।

विक ट्याक्टरको सहचालक थिए । उपचारको लागि जिल्ला अस्पताल सल्लेमा लिएको बेला उनलाई मृत घोषणा गरिएको थियो ।

दुर्घटनामा परेर ट्याक्टर चालक मुसिकोट नगरपालिका ६ घोरखानीका २२ वर्षीय मनबहादुर विक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारको लागि नेपालगन्ज पठाइएको छ ।

मुसीकोट नगरपालिका –४ सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । उनका अनुसार ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

 

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *