२०८१ बैशाख १३ गते बिहिवार

राष्ट्रिय सभा सदस्यका लागि एमालेका कुमार दसौदीको उम्मेदवारी

काठमाण्डौं ,माघ ११ । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा एमालेका कुमार दसौदीले उम्मेदवारी दर्ता गराएका छन् ।

आज १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन् । दसौदीको समर्थकमा राप्रपाकी प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल रहेका छन् ।

मनोनयन दर्ताका बेला लुम्बिनीका मुख्यमन्त्री लिला गिरी र एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्मा पनि निर्वाचन कार्यालय पुगेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिदै छन् । राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो ।

 

 

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *