२०८२ माघ २८ गते बुधवार

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङको तेस्रो अधिवेशन

तुलसीपुर , माघ ७। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङको तेस्रो जिल्ला अधिवेशन तुलसीपुरमा भएको छ ।

संगठनका अध्यक्ष केशव बहादुर भण्डारीको अध्यक्षता तथा संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राईको प्रमुख आतिथ्यतामा अधिवेशनको उदघाटन कार्यक्रम भएको हो ।

त्यस अवसरमा संगठनका अध्यक्ष राईले यातायात क्षेत्रमा कार्यरत मजदुरले अपमान हुनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताए ।

उनले यात्रुलाई गन्तव्यमा पु¥याउने जिम्मेवार चालकप्रति समाजको दृष्टिकोण अझै पनि नफेरिएको बताए । यातायात मजदुर पनि जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने उनको भनाई छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले तुलसीपुरमा आफ्नोे कार्यकालमा नगरबस संचालन गर्ने बताए ।
उनले नगरमा अझै पनि कतिपय सडक सुधारको अवस्थामा रहेको भन्दै छिटै नगरबस संचालन गरिने बताए।

नेपाल राष्ट्रिय यातायात महासंघका केन्द्रिय सल्लाहकार सुरेश हमालले सार्वजनिक यातायातको सेवालाई नागरिकमैत्री बनाउन आवश्यक रहेको बताए ।

उनले सरकार र यातायात मजदुर बिचको संयोजनले मात्रै सार्वजनिक यातायातको सेवालाई नागरिकमैत्री बनाउनुपर्ने बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रवक्ता माधव वली, नमस्ते राप्ती यातायात प्रालिका अध्यक्ष बामदेव खनाल, मानवअधिकर्मी शुसील बस्नेत, तुलसीपुर–१९ का अध्यक्ष प्रेमनाथ योगी, नेपाल अखिल मजदुर सघका जिल्ला अध्यक्ष छवि बस्नेत लगायतले मजदुरहरुकै कारण हामी गन्तव्यमा पुग्न सक्ने अवस्था भएको भन्दै मजदुरलाई सबैले सम्मान गर्नुपर्ने बताए ।

जिल्ला उपाध्यक्ष केशब राम्जाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव यज्ञ बहादुर बुढाथोकीले गरेका थिए ।

त्यस अबसरमा २ जना पत्रकार,विभिन्न चालकहरुलाई सम्मान समेत गरिएको थियो ।

 

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *