२०८२ माघ २७ गते मङ्गलवार

जबरजस्ती करणी पाँच वर्ष कैद फैसला भएका व्यक्ति पक्राउ

दाङ ,माघ ४ । जबरजस्ती करणी कसुरमा पाँच वर्ष कैद फैसला भएका व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ।

राप्ती गाउँपालिका– ४ जनकपुर बस्ने ग्रिसमान चौधरीलाई जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दामा पुनरावेदन अदालत तुल्सीपुरले २०६२ असार ५ गतेको फैसलाअनुसार ५ बर्ष कैद तोकिएको थियो।

तर, उनी फरहार थिए। आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुबाङ्गले पक्राउ गरेर जिल्ला अदालतमा पेस गरेर कैद भुक्तानको लागि जिल्ला कारागार घोराही दाङमा पठाइएको छ।

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *