२०८२ असार ९ गते मङ्गलवार

पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौं, माघ १ । नेपाल सरकारले माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।

बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।

घटनाकाबारे परिवारजन लगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णयपनि बैठकले गरेको छ ।
दुर्घटनाका कारण पहिचान गर्न छानबिन समिति पनि गठन गरिएको छ ।

पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको र प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको पौडेलले बताए ।

यति एयरलाइन्सको नाइन एन एएनसी जहाज आइतबार बिहान १० बजेर ५० मिनेटमा सेती खोंचबाट अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क भएको थियो।

जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए।

विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर रहेका थिए। हालसम्म ती मध्य कोहीपनि सकुशल फेला नपरेको हुँदा जीवित रहने संभावना न्यून रहेको छ ।

नेपालमा भएका बिमान दुर्घटनाहरु मध्य यो नै सबै भन्दा धेरै मानविय क्षति भएको घटना हो । यति बिमानले नै केही दिन पहिले मात्रै पोखरा विमानस्थलको डेमो उडान गरेको थियो ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *