तुलनामा, पुस ३० । उपेन्द्र पौडेल सामाजिक काममा सक्रिय नाम हो । तुलसीपुर-७ जितपुर निवासी समाजसेवी पौडेलले विभिन्न समयमा समाजमा परेका अप्ठेराहरुलाई सहज बनाउने कोशिस गरेका छन ।
न कुनै सरकारको सहयोग, न कुनै गैह्रसरकारी संस्थाको सहयोग । उनले सामाजिक कामका लागि विभिन्न समयमा व्यक्तिगत लगानी गर्ने गर्छन ।
समाजसेवी पौडेल रोजगारीको शिलशिलामा हाल दुवईमा छन। रोजगारीका लागि विदेशमा रहेका पौडेलले केहि रकम भएपनि सामाजिक काममा लगाउने गरेका छन ।
आफु विदेशमा रोजगारी गरेर भएपनि विभिन्न समयमा समाजका नागरिकलाई आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन ।
उनले शुक्रबारमात्रै तुलसीपुर-४ हलवारमा रहेको प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो पोसाक सहयोग गरेका हुन ।
कुनै समय कक्षा ५ सम्म संचालन भएको विद्यालय अहिले बालविकासमा सिमित छ । ठुलो कक्षाका विद्यार्थी आउन छोडेपछि बालविकासमा पनि सिमित भएको विद्यालयलाई जोगाउने अभियानसहित समाजसेवी पौडेलले बालबालिकालाई न्यानो पोषाक सहयोग गरेका हुन ।
विद्यालयमा पढ्ने बालबालिका विपन्न होइनन् तर बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव छोड्नका लागि न्यानो पोषाक सहयोग गरेको उनले बताए।
‘ विद्यालयको शैक्षिक सुधार हुन सकेपछि निम्न आय भएका बालबालिका नीजि विद्यालय जान पर्दैन ’ उनले भने-‘सरकारी विद्यालयको शिक्षा सुधार गर्ने मेरो अभियान हो ।’
केहि समय अघि विद्यालयको अस्तित्व नै मेटेर पार्क बनाउन तयारी गरिएको समाचार संचारमाध्यममा आएपछि पौडेलले विद्यालयलाई पुरानै लयमा फर्काउने अभियान थालेका हुन ।
सरकारी विद्यालयको शिक्षाको सुधार गरी अभिभावक र विद्यार्थीको विश्वास जित्नुपर्ने सकस धेरै ठाउँमा छ ।
हलवारको प्रावि पनि यो समस्याबाट टाढा रहन सकेको छैन् । स्थानीय र स्थानीय सरकारको नजरमा पर्न नसकेको विद्यालय दिनप्रतिदिन जिर्ण अवस्थामा पुग्न थालेको छ ।
विद्यालयमा चालु शैक्षिक सत्रमा बालविकासमा १८ जनामात्रै विद्यार्थी अध्ययन गर्छन् । विद्यालयमा आउने बालबालिका सामान्य परिवारकै हुन् ।
सरकारी वेवास्ताका कारण पछि परेको विद्यालयमा व्यक्तिगत लगानीमा बालबाललिकालाई पौडेलेले न्यानो पोसाक सहयोग गरेको उनले बताए ।
विदेशमा रहेका समाजसेवी पौडेलले रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलको समन्वयमा १८ जना बालबालिकालाई न्यानो कपडा (ट्रयाकसुट) सहयोग गरेका हुन ।
सोहि विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पौडेलले घरमा रहेका धर्मपत्नी सरिता पौडेल र जेठी छोरी युसा पौडेलको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन ।
विद्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी बालबालिकालाई न्यानो पोषाक वितरण गरिएको हो ।
बालबालिकाले पोषाक पाएपछि अभिभावकले धन्यवाद ज्ञापन गरेका छन् । विद्यालयका प्रधानाध्यापक जीता चौधरीले बालबालिकालाई न्यानो पोषाक वितरण गर्ने उपेन्द पौडेल र उनक्क परिवारलाई धन्यवाद ज्ञापन गरे ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी खड्काले बालबालिकाले न्यानो कपडा पाएपछि जअभिभावकमा समेत शिक्षामा गर्ने लगानीमा केहि भएपनि प्रेरणा मिल्ने बताए
समाजसेवी पौडेलले विभिन्न समयमा व्यक्तिगत लगानीमै विभिन्न व्यक्तिलाई सहयोग गर्ने गरेका छन ।