२०८२ माघ २८ गते बुधवार

नेपाल टी-२० लिग: उपाधिका लागि विराटनगर र लुम्बिनी भिड्दै

काठमाडाैँ,पुस २७ । नेपाल टी-२० लिगको फाइनलमा विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजेबाट सुरु हुने छ।

प्रतियोगिताको पहिलो क्वालिफायरबाट फाइनलमा पुगेको प्रतियोगिताकै सफल टिमका रूपमा रहेको लुम्बिनीले प्लेअफ र क्वालिफायरमा लगातार दुई जितका साथ फाइनल पुगेको विराटनगर विचको खेल रोमाञ्चक हुने आँकलन गरिएको छ।

समूह चरण विजेता लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो। विराटनगरले भने समूह चरणमा तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा काठमाडौँ नाइट्स तथा दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरी फाइनलमा स्थान बनाउन सफल भएको थियो।

यस लिगको समूह चरणमा विराटनगर र लुम्बिनीले एक आपसकाविरुद्ध दुई खेल खेलेकामा दुवै खेल लुम्बिनीले जितेको थियो।

त्यसैले लुम्बिनी लगातार तेस्रो पटक विराटनगरलाई हराएर उपाधि जित्ने लक्ष्यमा रहँदा विराटनगर समूह चरणको दुई हारको बदला निर्णायक खेलमा लिँदै प्रतियोगिताको पहिलो उपाधि आफ्नो पक्षमा पार्ने प्रयासमा हुने छ।

जारी लिगको विजेताले ५५ लाख पाउँदा उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै, तेस्रो हुनले १० लाख र चौथो हुने टिमले ५ लाख पाउने छन्।

त्यस्तै, प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन्। त्यस्तै, इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको थियो। लिगमा काठमाडौँ नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारले डबल राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *