२०८१ बैशाख १२ गते बुधवार

अर्धवार्षिक परिक्षाकाे समिक्षा कार्यक्रम सम्पन्न

देविराम कुसारी,भाेजपुर, पुस २६ । बाल मितेरी उच्च मावि तुलसीपुर – १३ भाेजपुरमा अर्धवार्षिक परीक्षा समीक्षा कार्यक्रम मंगलवार सम्पन्न भएकाे छ ।

वडा स्तरिय परिक्षा समितिका संयाेजक एवं भाेजपुरका प्रधानाध्यापक ओमप्रकास वलीकाे अध्यक्षता भएकाे कार्यक्रमका सहभागिले समग्र शिक्षाकाे विकासका लागि वडाका सबै विद्यालयका विचमा सहकार्य आवश्यक रहेकाे बताएका थिए ।

तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चाैधरीकाे प्रमुख अथित्यता रहेकाे कार्यक्रममा तुलसीपुर -१३ का वडा अध्यक्ष शंकर खड्का, शिक्षक महासंघ दाङ अध्यक्ष अम्मर खड्काले शिक्षामा सुधार ल्याउन वडा, विद्यालय र अभिभावकका विचमा समन्वय हुनु पर्ने बताए ।

अधारभुत विद्यालय खाैसापुरका प्रधानाध्यापक गणेश केसीकाे स्वागत मन्तव्य वाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण शिक्षक सन्ताेष परियारले गरेका थिए ।

 

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *