२०८१ बैशाख १२ गते बुधवार

दाङमा ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु

दाङ,पुस २६ । दाङमा ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

दङ्गीशरण गाउँपालिका वडा– १ मा ट्र्याक्टरबाट खसेर ५२ वर्षीय रुद्रबहादुर भण्डारीको मृत्यु भएको हो ।

गोल्टाकुरी जाँदै गरेको भे १ त४०६६ नम्बरको ट्र्याक्टरको बीचभागमा चढ्नु भएका भण्डारी खसेपछि पछाडिको भागले किचेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *