२०८१ फाल्गुन ६ गते मङ्गलवार

जन्मदिनको अवसरमा पत्रकार जिएमद्वारा न्यानो कपडा सहयोग

घोराही, पुस २१। आफ्नो जन्मदिनमा हरेक वर्ष सामाजिक कार्य गर्दै आएका सन्चारकर्मी दीपक जिएमले यस वर्षपनि वौद्धिक अपांगता भएका बालबालिकाहरुलाई न्यानो कपडा, मास्क र फ्रुटी सहयोग गरेका छन।

चिसोबाट जोगाउन विद्यालयमा आवासीय रुपमा बस्दै आएका घोराही १४ बालमन्दिरस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई आज न्यानो कपडा सहयोग गरेका हुन ।

विद्यालयमा अध्ययनरत २२ जना बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई १५ वटा ब्ल्याङकेट र ६ थान डसना विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीलाई हस्तान्तरण गरेका हुन ।

आफ्नो जन्म दिनको अवसरमा हरेक वर्ष विद्यालयमा पढ्ने बालबालिकालाई सहयोग गर्दै आएकोमा यो पटक पनि थोरै भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

पत्रकार जिएमले घोराहीबाट संचालित राजमार्ग अनलाईन संचालन गर्दै आएका छन् । जन्मदिनको फजुल खर्च कटाएर बालबालिकाहरुको स्वास्थ्यलाई ख्याल गर्दै सहयोगप्रति विद्यालय परिवार आभारी भएको प्रधानाध्यापक भण्डारीले बताएका छन ।

त्यस अवसरमा बिद्यालयका शिक्षक, दाङ निर्माण व्यवसायी संघका महासचिव शोकबहादुर रोका मगरलगायतको उपस्थिती रहेको थियो ।

बालमन्दिर आधारभूत विद्यालयमा पढ्ने बालबालिकाहरुले न्यानो कपडासँगै अरु सामान पाएपछि हर्षित भएका छन् ।

प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *