२०८१ बैशाख १२ गते बुधवार

राइस मिलको अनुगमन ः चामलको उत्पादन मिति खुलाउन अनुरोध

तुलसीपुर,पुस २१ । तुलसीपुरमा राइस मिलहरुको अनुगमन गरिएको छ ।

नजिकिदै गरेको माघी पर्वलाई मध्येनजर गर्दै तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा तुलसीपुरका ५ वटा राइस मिलहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा चामलको उत्पादन मिति, उपभोग्य मिति, मिल, खुद्रा वा अधिकतम मूल्य नराखिएको पाइएको छ ।

उक्त मिलहरुलाई तोकेको समयमा अनिवार्य नविकरण गर्न,अनिवार्य लेवल खुलाउन,उत्पादन मिति र उपभोग्य मिति राख्न,उपभोक्ताई अनिवार्य बिल दिन,सरसफाईमा विषेश ध्यान दिन आग्रह गरिएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले जानकारी दिइन ।

त्यस क्रममा उपभोक्ता हित संरक्षण शाखा सहित, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,,स्थानिय प्रहरी,पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *