२०८१ बैशाख १० गते सोमवार

लुम्बिनी प्रदेश एमाले संसदीय दलको नेतामा लिला गिरि

दाङ,पुस १८ लुम्बिनी प्रदेशको संसदीय दलमा एमालेले लिला गिरीलाई चयन गरेको छ ।

आईतबार बसेको संसदीय दलको बैठकले गिरीलाई दलको नेतामा चयन गरेको सांसद सीता चौधरीले जानकारी दिईन् ।

गिरी रुपन्देही क्षेत्र नं.२(१)बाट निर्वाचित सांसद हुन् । उनी यस अघि संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको पालामा उद्योग,पर्यटन, बन तथा वातावरण मन्त्री भएर काम गरेका थिए ।

लुम्बिनीमा एमालेका सबै भन्दा बढि सांसद छन् । ८७ जना प्रदेशसभा सदस्य मध्ये एमालेका २९ सांसद छन् ।

एमाले प्रदेशको ठूलो दल भएकाले लुम्बिनीको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दावी रहेको एमाले महासचिब शंकर पोखरेलले बताए ।

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *