२०८१ बैशाख १३ गते बिहिवार

दाङस्थित नयाँ राजधानी भनवमा यस्तो थियो लुम्बिनीका सांसदको सपथ

दाङ, पुस १७ । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन ।

दाङको राप्ती गाउँपालिका वडा नं. ३ मसुरीयास्थित नव निर्मित सभा हलमा उनीहरुले सपथ लिएका हुन ।

प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।
दिउँसो २ बजेर १२ मिनेट जाँदै गर्दा सपथका लागि शेरचरणलाई बोलाइएको भएपनि सपथ खुवाउने बेहोरा टेवुलमा आइ नपुगे पछि केही बेर सन्नाटा छाएको थियो ।

त्यसपछि प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले बेहोरो छुटेको भन्दै सबै सांसदलाई बस्न आग्रह गरेका थिए ।

सपथको बेहोरा केही बेरमा आएपछि फेरि सपथका लागि प्रदेश प्रमुख शेरचनलाई बोलाइएको थियो । त्यसपछि फेरि सबै सांसदहरु सपथका लागि उभिएर सपथ खाएका थिए ।

सांसदहरुले सपथ खाँदा संस्थापक मुख्य मन्त्री शंकर पोखरेल, सभामुख र मुख्य मन्त्री भने बसी रहे । उनीहरु बसेको सिटबाट उभिएनन् ।

सपथ ग्रहणका क्रममा बिभिन्न जातजातिका भेषभुषा झल्कने पोशाकहरुले सांसदहरुले लगाएका थिए ।

रोल्पा र रुकुमका मुगर समुदायका महिला पुरुषहरुले आफ्नै भेषभुसा लगाइएर सपथ खान खाएका थिए ।

त्यस्तै दाङ, बाँके र बर्दियाका थारु समुदायका महिला पुरुषहरुले पनि आफ्नै मौलिक भेषभुसा लगाएर सपथ ग्रहण गरेका थिए ।

रुपन्देही क्षेत्र लगाएतका अन्य बाँकेका मधेसी समुदायका सांसदहरुले पनि आफ्नै पहिरणमा सपथ लिन आएका थिए ।

सपथ पछि सांसदहरुलाई सचिवालयका सचिव पुनले त्यसमा हस्ताक्षर गर्न लगाएका थिए । हस्ताक्षर पछि उनीहरु फेरि अगाडि प्रदेश प्रमुख लगाएत मुख्य मन्त्री बसेको ठाउँमा झोला लिनका लागि निम्त्याइएको थियो ।

बधाइ ज्ञापन गर्दै त्यसपछि झोला दिने काम प्रदेश प्रमुख र मुख्य मन्त्री कुलप्रशाद केसीले गरेका थिए ।

त्यसपछि पहिलो संसद बैठकको अध्यक्षता जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने घोषणा सचिवालयका सचिव पुनले गरेका थिए  ।
उनि गुल्मी  क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन ।

अब प्रदेश सभामुख र उपसभामुखको चयन नहुँदासम्म अध्यक्षता भुसालले नै गर्ने भएका छन । अबको हप्ता दिन भित्रमा प्रदेश सभामुख र उपसभामुखको चयन गरि सक्ने अपेक्षा गरिएको छ ।

सपथ पछि संचारकर्मी संग कुरा गर्दै संस्थापक मुख्य मन्त्री पोखरेलले अनेत्र सबै स्थानमा केन्द्रले तोकेकै स्थानमा प्रदेश राजधानी तोकिएपनि लुम्बिनीमा भने नयाँ ‘भर्जिन ल्याण्डमा’ राजधानी तोकिएको हुँदा त्यो नमुना योग्य रहेको बताए ।
देशकै नमुना योग्न राजधानी बनाउन सबैले पहल गर्नुपर्ने उनले बताए ।

सपथ पछि बाहिर बिभिन्न सांसदहरुको फोटो सेशन चलेको थियो । उनीहरुले आफ्नो ठाउँका जनताको चाहाना अनुरुप बिकास निर्माणदेखि शिक्षा, स्वास्थ्यको क्षेत्रको सुधारमा काम गर्ने प्रतिक्रिया दिए ।

त्यस्तै सांस्कृति पहिचान जोगाउन भूमिका खेल्ने उनीहरुले अठोट ब्यक्त गरेका थिए ।

तस्बिर : फरककोण ।

प्रकाशित मिति : २०७९ पुष १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *