२०८२ जेष्ठ ११ गते शुक्रवार

दलको नेताका लागि लुम्बिनीमा काँग्रेसले समिति गठन ग¥यो

दाङ, पुस १२ । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेता चयनका लागि समिति गठन गरेको छ ।

सोमबार बेलुका बुटवलमा बसेको पार्टीको प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि प्रदेश सहमहामन्त्री खगराज पाण्डेलाई संयोजकत्व तोकेको छ । जस्को समिति सदस्मा बिष्णु सापकोटा र देवनारायण चौधरी सदस्य रहेका छन् ।

त्यस्तै संसदीय दलको बिधान तयारी समितिको संयोजकमा सहमहामन्त्री बिष्णु मुस्कानलाई तोकिएको छ भने महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेका छन् ।

दलको नेता बन्ने दौडमा दाङका डिल्लीबहादुर चौधरी र राजु खनाल, रुपन्देहीका अब्दुल रज्जाक र बसिउद्दिन खान, पाल्पाका बिरबहादुर रानाको नाम बढी चर्चामा छ । त्यस्तै बर्दियाका जन्मजय तिमिसिनाले पनि इच्छा जाहेर गरेका छन् ।

सर्वसम्मत नेता चुन्न अधिकतम प्रयास गरिने काँग्रेस प्रदेस सभापति अमरसिंह पुनले जानकारी दिए ।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ १६ गते गर्ने भन्ने कुरा सुनेको हुँदा त्यसको त्यस लगतै काँग्रेसले संसदीय दलको नेता चयन गर्ने सभापति पुनले बताए ।
सर्वसम्मत नेता चयन गर्ने प्रक्रिया सफल नभए मात्रै निर्वाचनमा जाने उनले बताए ।

केन्द्रमा एकाएक गठबन्धन टुटेसंगै त्यसको असर लुम्बिनीमा पनि परेको छ । सत्ताको प्रमुख दाबेदार मानिएको काँग्रेस अब प्रतिपक्षमा बस्नु पर्ने अवस्था सृजना भएको छ ।

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *