तुलसीपुर, पुस १२ । मंसिर २५ गतेदेखि सुरू भएको प्रथम लुम्बिनी प्रदेशस्तरी पर्यटन तथा कृषि महोत्सवको सोमबार सकिएको छ ।
विरोधै विरोधका बीचमा सुरू भएको महोत्सव १६औँ दिनसम्म सञ्चालन हुन सफल भएको हो ।
महोत्सवमा तीन सय बढी स्टलहरू राखिएको थियो । विभिन्न समुदायहरूकोे जातीय पहिचानसहितको भान्छाघरका स्टलहरूसमेत सञ्चालन भएका थिए ।
महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेका छन् भने लाखौंको कारोवार भएको छ ।
समापन कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद गेहेन्द्र गिरीले युवाहरूले गरेको कामलाई सबैले साथ सहयोग गर्न जरूरी रहेको बताए ।
उनले विरोधका बीचमा पनि मेला सफल भएको भन्दै आयोजक टिमलाई बधाईसमेत दिएका थिए । युवाहरूले चाहेमा हरेक कामहरू सम्भव हुन्छ भन्ने कुरालाई महोत्सवले पुष्टि गरेको बताए ।
युवाको हसभागिता, एकजुटता र सहकार्य हुँदै गएमा सामाजिक क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन बोर्ड सदस्य जनकप्रसाद खरालले सबैको साथ र सहयोगले महोत्सव सफल भएको बताए ।
महोत्सवको समापन यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरूण लहरेको अध्यक्षता, नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरीको प्रमुख आतिथ्यतामा तथा लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का सदस्य जनक प्रसाद खरालको विशिष्ट आतिथ्यतामा भएको थियो । ्
क्लवका सचिव आकाश भण्डारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रको सहजीकरण दिपक खड्काले गरेका थिए ।
