२०८२ बैशाख ११ गते बुधवार

बुटवलका डिएसपी ठगबहादुर ठगी आरोपमा पक्राउ

बुटवल, पुस ११ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसी ठगी आरोपमा पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा आएको प्रहरीकै बिशेष अनुसन्धान टोलीले डिएसपी केसीलाई निवासबाटै आइरबार साँझ नियन्त्रणमा लिएको हो ।

उनीमाथि एक जना सुनका ब्यापारीले गत मंसिरमा मोटो रकम असुलेको गुनास प्रहरी अधिकारी समक्ष गरेका थिए । सोही आधारमा सिआइबीको टोली घटना अनुसन्धानका लागि आएको थियो ।

उक्त प्रहरी टोलीले डिएसपीको निवासमा खानतलासी गर्दा केही नगद र सुनसमेत फेला पारेको स्रोतको दाबी छ ।

दुई ठाउँबाट प्रहरी सुन र नगद बरामद गरेको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *