२०८२ माघ २८ गते बुधवार

चौथो ‘भ्वाइस अफ नेपाल’को उपाधि करण राईलाई

काठमाण्डौ,पुस ९ । ‘द भ्वाइस अफ नेपाल’चौथो सिजनको उपाधि करण राईले जितेका छन् । गएराति भएको अन्तिम प्रतिष्पर्धाबाट राईले उपाधि हात पारेका हुन् ।

टिम राजुबाट प्रतिस्पर्धामा रहेका करणले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा चौथो भ्वाइस अफ नेपालको उपाधि जितेका हुन् ।

करणले नगद २५ लाख रुपैयाँसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोलाको सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै, टिम राजेशबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् भने टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बनेका छन् ।

‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा प्रमोद खरेल, राजु लामा, राजेश पायल राई र प्रविशा अधिकारी कोचको भूमिकामा रहेका थिए ।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *