काठमाडौँ,पुस ६ । प्रतिनिधिसभाका सांसदहरूको शपथ ग्रहण पहिले संसद्का ज्येष्ठ सदस्यको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको छ।
बिहीबार १ बजे शपथका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसपहिले १२ बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई सर्वदलीय बैठकमा बोलाइएको छ।
बैठकको अध्यक्षता ज्येष्ठ सांसद पशुपतिशमशेर जबराले गर्नेछन्। संसदीय सचिवालय स्रोतका अनुसार १२ राजनीतिक दलबाट १–१ जना र ५ स्वतन्त्र सांसदलाई सर्वदलीय बैठकमा बोलाइएको छ।
उक्त बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ गर्ने ती अधिकारीले बताए। शपथ कसरी लिने, सांसदहरूलाई दिइने सुविधालगायत विषयमा महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारीले ब्रिफिङ गर्ने कार्यक्रम छ।
प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार
