२०८१ जेष्ठ १६ गते बुधवार

वडाध्यक्ष जिसीले गरे सुत्केरी महिलालाई आर्थिक सहयोग

तुलसीपुर,पुस ६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामबहादुर जिसीले एक सुत्केरी महिलालाई आर्थिक सहयोग गरेका छन् ।

रोल्पा माडी गाउँपालिका वडा नं. १ निवासी गंगा घर्तीलाई उनले आर्थिक सहयोग गरेका हुन् ।

एउटा बच्चा घरमै जन्मिएको र अर्को बच्चा जन्मिन समस्या भएपछि गंगालाई तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा आफन्तले ल्याएका थिए ।

एकदमै नाजुक अवस्थामा अस्पताल आएकी घर्तीको पहिलो बच्चा जन्मिएको ८ घण्टापछि राप्ती प्रादेशिक अस्पतालमा शल्यक्रिया मार्फत दोस्रो बच्चालाई जन्मिएको हो ।

वडाध्यक्ष जिसीले सुत्केरीलाई पाँच हजार ५ सय नगदसहित आमालाई भिटामिन र बच्चाहरुलाई न्यानो कपडा सहयोग गरेका हुन् ।

‘विकट ठाउँबाट, एकदमै नाजुक अवस्थामा अस्पतालमा आएको थाहा पाएर उपचारमा सहयोग होस भन्ने उदेश्यले सहयोग गरेको हुँ,’वडाध्यक्ष जिसीले भने ।’

साथै जिसीले घर्तीको सल्यक्रियामा संलग्न अस्पतालका डा. नर्सको टोलीलाई पनि सम्मान गरेका छन् ।

आमा र बच्चाको ज्यान जोखिममा भएको बेला अस्पतालका डाक्टर, नर्सहरुको स्याहारका हेरचाहाले जटिल अवस्थामा पनि आमा र बच्चा ज्यान जोगाउन सफल भएको भन्दै अस्पतालमै गएर उनले सम्मान गरेका हुन् ।

अहिले बच्चा र आमाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *