२०८२ जेष्ठ ११ गते शुक्रवार

मावि कालाखोलामा हुने सुनाखरी सिकाइ मेलाको तयारी तिब्र

तुलसीपुर, पुस ६। तुलसीपुर – ७ स्थित मावि कालाखोलामा हुने सुनाखरी तुलसीपुर सिकाइ मेलाले तयारी तिब्र बनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका कार्यालय सहित तुलसीपुर क्षेत्रका ८ सामुदायिक बिद्यालयको संयुक्त आयोजनामा आउदो १४ गते सुनाखरी तुलसीपुर सिकाइ मेला हुन लागेको हो ।

सिकाई मेला तयारीका बारेमा तुलसीपुर उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख चक्र बहादुर भण्डारी, आयोजक ८ बिद्यालयका प्रधानाध्यापक, विभिन्न तयारी उपसमिति संयोजक, शिक्षकलगाएतका ब्यक्तिको संयुक्त भेला भएको छ ।

भेलाले मेलाको तयारीका बिषयमा बिभिन्न बिषयमा छलफल गरिएको हो । त्यस्तै विभिन्न गतिबिधिहरुको प्रगती विवरण समेत प्रस्तुत गरिएको हो ।

महाशाखा प्रमुख भण्डारीले मेलाको तयारीका बिषयमा अन्य आबस्यक सल्लाह सुझाव समेत प्रस्तुत गरेको माबि कालाखोलाका शिक्षक तथा मेला सञ्चार उपसमिती संयोजक लक्ष्मी न्यौपानेले बताइन ।

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *