२०८१ जेष्ठ १७ गते बिहिवार

नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिइन ७ दिन

दाङ, पुस ३ । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई सात दिनको समय सीमा तोकेकी छन् ।

संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आइतबार जम्मा सात दिनको समय सीमा तोकेकी हुन ।

अब यस अनुसार दलहरुले पुस १० गते आइतबार साँझ ५ बजे भित्र सरकार गठन गरि सक्नु पर्ने भएको छ । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा सोही कुरा उल्लेख छ ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै दलको पनि एकल बहुमत नआएकोले धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान उनले गरेकी हुन ।

संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने ब्यबस्था छ ।

दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने प्राबधान रहेको छ ।

राष्ट्रपतिले हप्ता दिनको समय सीमा तोकिदिएपछि अब दलहरुका बीचमा सरकार गठनका लागि तीब्र धुब्रीकरण र राजनीतिक छलफलहरु बढ्ने देखिन्छ ।
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो । जसबाट सबै भन्दा ठूलो दल नेपाली काँग्रेस भएपनि उस्को एकल बहुमत भने पुग्दैन ।

प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *