२०८२ माघ २६ गते सोमवार

खाना पकाउने क्रममा आगोमा जलेर गम्भीर घाइते भएकी महिलाको मृत्यु

तुलसीपुर, पुस २ । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर गम्भीर घाइते भएकी तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर निवासी ५९ वर्षिय बसन्ती कुमालको मृत्यु भएको छ ।

कुमालको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा शनिबार दिउँसो १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

डिएसपी मल्लका अनुसार शुक्रबार बेलकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्मरदेखि तलतिरको अधिकांश भाग जलेको थियो ।

घाईते कुमालको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि नेपालगन्ज रिफर गरिएको थियो ।

प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *