२०८३ बैशाख २८ गते सोमवार

तुलसीपुर महोत्सवमा आज रमेशराज भट्टराई लगाएतका कलाकार आउने

तुलसीपुर,पुस १ । दाङको तुलसीपुरमा आज छैठौ दिन पनि महोत्सव जारी छ । गत २५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको आज छैठौ दिन पनि चर्चित कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यूथ्स अफ तुलसीपुरको आयोजनामा संचालित
महोत्सवमा आज गायक रमेशराज भट्टराई, ढाकाराम पौडेल, संचारकर्मी तथा गायक प्रेम विवश घर्ती,गायिका शृजना खत्री , सहिमा श्रेष्ठ लगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने महोत्सबका सांस्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले बताए ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ ।

महोत्सव आगामी पुष ६ गते सम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुष १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *