मुरसिया , मंसिर २८ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्तीबाट औपचारिक रुपमा सेवा सुरु भएको छ ।
बुधबार दिउँसो साढे १२ बजेतिर प्रदेश प्रमुख अमिक शेरचनले झण्डाउत्तोलन गरि बिधिबत रुपमा सुरुवात गरेका हुन ।
राप्ती गाउँपालिका वडा नं. ३ मुसरियामा उनले स्थायी राजधानीको ताम्रपत्रपनि उद्घाटन गरेका थिए ।

२०७७ साल असोज २० गते प्रदेशसभाले दाङको राप्ती उपत्यकालाई स्थायी राजधानी घोषणा गरेको थियो ।
त्यसको ठिक दुई बर्ष दुई महिना पछि मुख्य मन्त्री कुलप्रशाद केसीले अस्थायी राजधानी बुटवलबाट कार्यालय स्थान्तरण गरेका थिए ।
त्यसको आठदिन पछि बुधबार साविक राप्ती प्राबिधिक शिक्षालय रहेको स्थानमा बिधिबत रुपमा मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्घाटन गरिएको हो ।
झण्डोउत्तलन तथा ताम्रपत्र उद्घाटन समारोह बिशेष रुपमा आयोजना गरिएको थियो । बिभिन्न कला संस्कृति झल्किने झाँकी जुलुसहरु प्रस्तुत भइरहेका छन् ।
स्थानीय सर्वसाधारणसमेत आपसमा अंकमालन गर्दै नाच्दै गाउँदै अभिर जात्रा गरि प्रदेश राजधानीको स्वागत गरि रहेका छन् ।
मुख्य मन्त्री र प्रदेश प्रमुखलाई सलामी अर्पन गरिएको थियो ।
यतिखेर उल्लास छाएको छ ।
तस्बिर : फरककोण ।
मुरसिया , मंसिर २८ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्तीबाट औपचारिक रुपमा सेवा सुरु भएको छ ।