२०८१ जेष्ठ १७ गते बिहिवार

तुलसीपुरमा जारी मेलामा चार थरी सामाग्री राख्न नपाउने

तुलसीपुर, मंसिर २६ । तुलसीपुरमा जारी लुम्बिनी प्रदेशस्तरिय प्रमथ कृषि तथा पर्यटन मेलामा चार प्रकारका सामाग्री राख्न नपाइने सहमति भएको छ ।
सोमबार दिउँसो तुलसीपुर उपमहानगरपालिकामा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा भएको वार्तामा मेयर टीकाराम खड्का, जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वली, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसे र मेला आयोजक युथ्स अफ तुलसीपुर क्लवका अध्यक्ष अरुण लहरेका बीचमा त्यस्तो सहमति भएको हो ।

मेयर खड्काले फेन्सी सामाग्री , कष्मेटिक सामाग्री , जुत्ता चप्पल र बिद्युतसम्बन्धी सामाग्री मेलामा राख्न नपाइने सहमति भएको सहमति पत्र सार्वजनिक गरेका थिए ।

मेलामा राखिएका ती सामाग्री आयोजकले सोमबारदेखि नै हटाउने निर्णय भएको र यदी ती सामाग्री नहटाए स्थानीय प्रशासनले हटाउने सहमति भएको पनि मेयर खड्काले बताए ।

‘सहमति आजैदेखि कार्यान्वयन हुन्छ र आन्दोलनपनि आजैदेखि रोकिन्छ,’ उनले भने ‘ यदी सहमति अनुरुप मेला आयोजकले सामाग्री नहटाए स्थानीय प्रशासनले हटाउने छ ।’

मेलाका सामाग्री राखिएको बारे अनुगमन गर्न स्थानीय जनप्रतिनिधि, बाणिज्य संघ, स्थानीय प्रहरी प्रशासन सम्मेलित एक समितिपनि गठन गरिएको छ ।

ब्यबसायीले ती सामाग्री मेलामा राख्दा मुख्य सिजनको समयमा आफ्नो ब्यापार धारासायी हुने भन्दै बिरोध गर्दै आएका थिए । मंसिर १५ गते भएको सहमति बिपरित आयोजकले मनपरी स्टल राख्ने तथा सामाग्री राखेको भन्दै बाणिज्य संघको नेतृत्वमा तुलसीपुरमा बिरोध पर्दशन, धर्ना र चक्का जाम जस्ता कार्यक्रमहरु ब्यबसायीले गर्दै आएका थिए ।

उनीहरुले मंसिर १५ को सहमति बिपरित कार्य भएको भन्दै मंसिर २५ गते फेरि उपमहानगरपालिकाको प्रमुख प्रबेश द्धारमा तालाबन्दी गरेका थिए । उपमहानगरपालिका प्रबेश गर्ने गेटमा टेन्ट टाँगेर, कालो झन्डा गाडी उनीहरु धर्ना बस्दै आएका थिए ।

ब्यबसायीले प्रबेश द्धारको गेटमा मेयर हराएको सूचनामा भित्तामा लेखेका थिए ।

यस्तै कारणहरुले गर्दा सोमबार बिहान कार्यालय प्रबेश गर्न खोज्ने जतप्रतिनिधि र ब्यबसायीका बीचमा धक्का मुक्का भएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *