२०८१ जेष्ठ १५ गते मङ्गलवार

टरिगाउँबाट जहाजमा इन्धन रिफ्युल सुरु

दाङ,मंसिर २६। दाङको तुलसीपुर १२ टरिगाउँ स्थित विमानस्थलमा हवाई इन्धन रिफ्युल कार्य सुरु भएको छ ।

आईतबार नेपाल बायु सेवा निगमको जहाजमा आईतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको हो ।

नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिश चन्द्र यादवले बताए । “हामीले पहिलो पटक आज विमानमा इन्धन रिफ्युल ग¥यौं”,उनले भने “अब नियमित रिफ्युलको कार्य हुनेछ ।”

शनिबारदेखि इन्धन राख्न सुरु गर्ने भनिएपनि जहाज नआएपछि आईतबार रिफ्युल कार्य भएको हो । डिपो निर्माण नहुँदा यस अघि काठमाडौंबाट इन्धन बोकेर आउनु पथ्र्यो । सिटमा राखेर इन्धन राख्नु पर्ने अबस्था रहेपनि अब भने त्यस्तो समस्या नहुँने बायु सेवा निगम दाङका प्रमुख महेन्द्र शर्माले बताए ।

“यस अघि विमानको सिटमै राखेर इन्धन काठमाडौंबाटै ल्याउनु पर्ने हुन्थ्यो”,उनले भने “अब भने त्यो समस्या हट्नेछ ।” इन्धन बोक्ने सिटमा अब यात्रुलाई नै राखिने र त्यसले भाडा कम हुन सक्ने अपेक्षा गरिएको छ ।

टरिगाउँ स्थित डिपोमा ३० हजार लिटर इन्धन स्टोर गर्ने क्षमता रहेको छ, भने बाउजरमा ११ हजार लिटर स्टोर गर्न सकिन्छ । नियमित विमानसेवा सञ्चालन भएमा पनि तीनमहिना सम्म इन्धन पु¥याउन सकिने इन्धन डिपो दाङका प्रमुख विपिन श्रेष्ठले बताए ।

इन्धन तत्काल आबश्यक परेमा तत्काल नेपालगञ्जबाट आपूर्ति गर्न सकिने भन्दै आपूर्तिमा कुनै समस्या नआउने समेत प्रमुख श्रेष्ठले बताए ।

“हामी जतिबेला चाहिन्छ, त्यतिबेलै ल्याउँछौं”, उनले भने “कहिल्यै सेनाको हेलिकप्टर इमेरजेन्सिमा पनि आउन सक्छ, त्यस्तो बेला पनि हामीले आपूर्ती गर्छौ ।”

विगत ६ महिना अघि नै विमानस्थलको डिपोमा इन्धन राखिएको थियो । आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, प्रदेश स्थित भैरहवा कार्यालयबाट २ जना तथा नेपालगञ्ज कार्यालयबाट एक जना प्राबिधिकसहितको टोली विमानस्थलमा आएर इन्धन रिफ्युल गरिएको हो ।

यो चौथो प्रयास पछि मात्रै रिफ्युल भएको हो । यस अघि बिभिन्न कारण देखाउँदै रिफ्युल कार्य हुन सकेको थिएन । डिपो निर्माण भएपछि ल्याब परीक्षणकालागि भारत पठाईएको थियो ।

भारतबाट तथा केन्द्रीय कार्यालयमा पनि परीक्षण गरेपछि रिफ्युल गर्न योग्य भएपछि आईतबार रिफ्युल कार्य गरिएको हो । टरिगाउँमा नेपाल बायु सेवा निगमको १९ सिटे टुईनेटर जहाज सञ्चालनमा छ ।

एयरपोर्टको धावनमार्ग ७५० मिटर मात्रै रहदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महंगो भाडा तिर्न यात्रुहरु बाध्य छन् । दाङ – काठमाडौं हवाई भाडा न्यूनतम भाडा ८ हजार ८ सय १० छन्, भने अधिकतम १२ हजार ६ सय ६५ रहेको छ ।

काठमाडौं भन्दा दाङ आउँदा भने त्यसको दुई सय रुपैँया बढी हुन्छ । काठमाडौंमा यात्रु सेवा वापत पाँच सय रहेको,दाङमा तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा दुइसय रुपैँया बढि लाग्ने गर्छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *