२०८१ बैशाख १२ गते बुधवार

गोरखा माबिको शैक्षिक भ्रमण कार्यक्रम

तुलसीपुर,मंसिर २४ । गोरखा माबी तुलसीपुरको शैक्षिक अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार घोराही ५ – मा रहेको पान्डवेस्वर महादेव मन्दिर धारापानीमा शैक्षिक अबलोकन कार्यक्रम भएको हो ।

गोरखा मा.वि तुलसीपुरका व्यवस्थापन संकाय संयोजक डम्बर डागिकाे अध्यक्षता तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सदस्य धनपति शर्माले मन्दिरको एतिहासिक तथा धार्मिक महत्वका साथ त्यसको पृष्ठभुमिको बारेमा प्रकाश पारेकी थिइन् ।

व्यवस्थापन संकाय सह-संयोजक थम्मन जि. एमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका नि. मा. वि संयोजक पूर्णविक्रम डागिले गरेका थिए ।

शैक्षिक भ्रमण कार्यक्रममा गोरखा माबीका कक्षा १२ मा अध्ययनरत २ सय १३ जना विद्यार्थी लगायत शिक्षक – शिक्षिकाहरुको उपस्तिथि रहेको थियो ।

मन्दिर अवलोकन पश्चात् बिद्यार्थीहरुद्वारा प्रतिवेदन लेखन कार्य अगाडि बढाउने बताइएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *