२०८१ जेष्ठ १३ गते आइतवार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

काठमाडौं ,मंसिर २२ । नेपाली कांग्रेसले आगामी शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

४ मंसिरको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो ।

बैठकमा चुनावी समीक्षा हुने नेताहरुले बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *