तुलसिपुर, मंसिर २१ । एन प्याव्सन दाङले बृहत् खेलकुद प्रतियोगिता २०७९ आयोजना गर्ने भएको छ ।
एन प्याव्सन दाङको वार्षिक कार्यक्रम अन्तरगत यहि मंसिर २९ गते देखि पुस २ गते सम्म प्रतियोगिता आयोजना गर्ने भएको हो ।
२०७६ साल वाट शुरु भएको बृहत खेलकुद प्रतियोगिता कोभिडका कारण लगातार २ वर्ष स्थगित भएको थियो ।
प्रतियोगितामा छात्रर छात्रा भलिवल त्यस्तैगरि दौड तर्फ छात्र रछात्रा १००,२००,४००,८००,१५०० र ३००० मिटर हुनेछन ।
त्यस्तैगरि हाईजम्प , लङजम्प , त्रिपलजम्प , ज्यावलिङ थ्रो र सटपुट छात्ररछात्राका लागि हुने आयोजक एन प्याव्सन दाङका अध्यक्ष विमल गौतमले जानकारि दिए ।
प्रतियोगितामा एन प्याव्सन दाङमा आबद्ध मावि तहका ३० वढि विद्यालयहरुको सहभागिता हुने गौतमले जानकारि दिए ।
त्यस्तै प्रतियोतामा सहभागी हुने विद्यालयहरुलाई यहि मंसिर २५ गते भित्रमा सहभागि खेलाडिको नाम सहित दर्ता गर्न आह्वान गरिएको छ । प्रतियोगिताका सवै खेलहरु वेलझुण्डि स्थित रगशालामा हुने सचिव ठाकुर प्रसाद डागिले जानकारी दिए ।
