२०८१ बैशाख १३ गते बिहिवार

माटोमा जिवन खोज्दै,गढवाको कुमालगाउं

गढवा(देउखुरी), मंसिर २१ । कसैका घरमा पालै पाला छन्, कसैकोमा पानी पिउने करुवा, कसैकोमा लाखवत्ति सल्काउनका लागि प्लेट । घर–घरै माटाका कलात्मक सामानहरु पिढिमा राखिएका छन् । धेरै जसो खुत्रुके थिए,केहि घरमा पानी चिसो बनाउने साना सुरादेखि घैटासम्म ।


माटोको पतेलोमा भुटेको मकै र मड्का चियाले स्वागत गरे कुमाल गाउका स्थानीयहरुले । हुलाकी राजमार्गबाट आधा मिनेट भित्रै एउटा लुकेको गाउँं हो कुमार गाउं । फोहरैफोहरले भरिएको छ । घरघरमा सुंगुर र बंगुरका पाठापाठीहरु चलवलाइरहेका छन् । विपन्न्न परिवारका कम्तिमा ५० घरपरिवार यहि माटोमा जिवन खोजिरहेका छन् ।


खरका छाना मुक्त बनाइ छाड्ने चुनावी प्रतिवद्धता बोकेका सोहि क्षेत्रका जनप्रतिनिधि मेटमणि चौधरी सांसद मात्र बनेनन् । अहिले शहरी विकाश मन्त्री पनि बने । अस्ती घोराहीको शहरी विकाश डिभिजन कार्यालयमा जिल्लालाइ खरका छाना मुक्त बनाउने प्रतिवद्धता पुनः दोहो¥याए । तर गढवाको चौधरी कुमालगाउं भने अधिकांश टहरा खरकै छानाले भरिएको छ ।


त्यसो त सहयोग समाज नेपाल र स्वच्छ व्यवसायी समुहको आर्थिक र प्राविधिक सहयोगले त्यहांका गाउँलेको दैनिकी फेरीएको छ । तर स्थानिय, प्रदेश र संघिय सरकारको त्यहां उपस्थीति देखिंदैन त्यो लुकेको पुरानो गाउंमा । ‘हामी माटोको दैनिकीलाइ जिवन गुजाराको माध्यम मात्रै बनाउन चाहेका होइनौं, माटो पर्यटनको समेत तयारीमा छौं’,तर यो संस्था वाहेक हामीलाइ कुनै सहयोग प्राप्त हुन सकेन, स्थानीय माटोका भाडा व्यवसायी कालिदेवी कुमालले भनिन् । मंगलवार उनी निलो सारीमा थिइन् । सायद उनी महिला स्वास्थ्य स्वयमसेविका पनि हुन् । तर उनको एउटा गतिलो घर बन्न सकेको छैन ।


सहयोग समाज नेपाल र स्वच्त व्यवसायी समुहले ती कुमालहरुको आर्थिक अवस्था उकास्न एउटा आधुनिक भट्टि, माटो मुछ्ने मेसिन, माटोका भाडाकुडा बनाउने तालिम सहित कम्तिमा ९ लाख रुपैया खर्च गरेपछि त्यहांका स्थानियहरु आफु प्रोफेश्नल बन्ने सपना देखिरहेका छन् ।


त्यसैले घरघरमा माटाका विभिन्न भाडाकुडा छरपष्ट बिक्रीकालागी राखिएका छन् । तर आफुहरुले उत्पादन गरेका माटोका भाडाले बजार नपाएपछि स्थानीयहरुको गुनासो छ । तालिम लिने वित्तिकै माटाका पाला उत्पादन गरेकाले ती पालाले बजार पाएकोमा भने कालिदेवी कुमाल खुसी थिइन्, किनकी उनले तिहार ताका ती पाला बनाएकाले खोसाखोस बिक्रि भए । तर माटोका घैटा, हाडि, खुत्रुके लगायतका थुप्रै सामानले अहिले बतार पाउन सकेका छैनन् ।


‘हामी यस क्षेत्रलाइ माटो पर्यटनका रुपमा विकाश गरेर व्यवसायीक समृद्धि हासिल गर्न चाहन्छौं, तपाइहरुले हामीले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरणमा सहयोग गरीदिनुपर्यो’, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा सहितको अनुगमन टोली समक्ष स्थानीय माटोका भाडा व्यवसायी कालिचरण कुमाल चौधरीले भने । जवाफमा जिल्ला समन्वय प्रमुख शर्माले माटोको भाडाको बजारीकरणकालागी प्रचारप्रसारसंगै स्थानिय पालिकासंग पनि समन्वय गर्ने बताएका थिए ।


अनुगमनका क्रममा जिल्ला समन्वय अधिकारी मोहन सुवेदी, जिल्ला भेटनरी अस्पतालका प्रमुख सुदाम भट्ट, कृषि ज्ञान केन्द्रका विनोद सिंह सहयोग समाज नेपालका अध्यक्ष कृष्ण चौधरी, स्वच्छ व्यवसायी समुहका संयोजक वाशुदेव घिमिरे, पत्रकार दशरथ घिमिरे लगायत संस्थाका प्रतिनिधि तथा पदाधिकारीहरुको सहभागिता थियो ।


त्यसो त सहयोग समाज नेपाल मुक्त कमैया र मुक्त कम्लरी तथा पि छडा वर्गको उत्थानका लागी काम गर्दे आएको छ । सो संस्थाले देउखुरीको गढवा गाउपालिका—४ परस्पुर गाउमा बाझो जमिन लिजमा लिएर न्युन आय भएका महिलाहरुलाइ करार खेतीको पनि व्यवस्थापन गरेको थियो ।


सो संस्थाले त्यहां हरियाली महिला कृषक समुह बनाएर उनीहरुलाइ एक विगाहा जग्गा करार खेतीका लागि सहयोग गरेको थियो । १५ सदस्य रहेको सो समुहका ४ परीवारले त्यहाको जग्गामा अहिले आलु रोपेका छन् । केहि दिनपछि काक्रा, टमाटर लगायतका वेमौसमी तरकारी लगाउनका लागि टनेल खेतीको पनि तयारी गरेका छन् ।

सोहि गाउमा एउटा बंगुर पालेर जिवन जिउने आशा बोकेका बृजमान थारु कुमालले पनि बंगुर स्याहारी रहेका थिए । सहयोग नेपालले करीव ३० हजार रुपैया बरावरका सामाग्रि उपलव्ध गराएपछि उनले थप लगानी जोडेर करीव ४ लाखको लगानीमा बंगुर फार्म सुरु गरेका छन् ।


‘बंगुर राम्रा छन्, पुष्ट छन्, बेच्न निकै गाह्रो भएको छ’, बृजमानले भने, बंगुुरको बजार मुल्य दिनदिनै घटेको छ । हरेक गाउमा बंगुर पालन सुरु भएपछि जिल्लामा बंगुरका पाठा र मासुको मुल्य दिनदिनै घटेको छ । यसले उनलाइ यो व्यवसायमा त्यतिधेरै उत्साह भने छैन । तैपनि आफु सानोनितो व्यवसायमा अल्झेकोमा भने सन्तोष भएको बताए । खालि बस्नुभन्दा यहि व्यवसायले पनि व्यस्त बनाएको उनले बताए ।


अर्का व्यवसायी शुरेश चौधरीले पनि सहयोग समाज नेपालकै सहयोगमा ८ कठ्ठा बाझो जमिनमा करार खेती गरिरहेका छन् । संस्थाले सहयोग गरेपछि उनले सो जग्गामा ब्रोइलर पालन र वेमौसी तरकारी खेतीको तयारी गरिरहेका छन् । त्यसो त संस्थाले देउखुरीभरी करिब १६ विगाहा जग्गा विभिन्न स्थानमा लिजमा लिएर करार खेती सुरु गरेको छ ।


प्रति कठ्ठा १५ देखि २५ हजार रुपैया सम्म भाडा तिरेर संस्थाले न्युन आय भएका समुहलाइ निशुल्क रुपमा जग्गा मात्र उपलव्ध गराएको छैन, मल विउ र प्राविधिक तालिम समेत उपलव्ध गराउदै आएको सो संस्थाका अध्यक्ष कृष्ण चौधरीले बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *