लक्ष्मण बस्नेत,तुलसीपुर,मङ्सिर १४ ।दाङ तुलसीपुर स्थित दमारगाउँमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीन बहादुर केसि स्मृति कप फुटबल प्रतियोगिता २०७९ बुधाबार देखि सुरु भएको छ ।
टाईगर युवा क्लब तुलसीपुर -३ दमारगाउँको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य माननिय दीपक गिरिले गरेका हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य गिरिले स्थानीयस्तरबाटै खेलकुदको बिकास गर्नुपर्ने बताए ।
राष्ट्रको सान र गौरव बोकेको खेलकुदको बिकास अब केन्द्रको मुख ताकेर मात्र हुदैन,उनले भने,अब हामी स्थानीयस्तरबाटै यसको बिकासमा लाग्छौ ।
साथै उनले स्वस्थ जिवनशैली र आपसी भाईचाराको कायम राख्न सक्ने एक दरिलो माध्यम खेलकुदको उच्च आदर्शलाई बचाई राख्न स्थानीय स्तरका खेलसंघ,क्लबको स्तरउन्नति र खेलाडीको पहिचान र बिकासमा तत्काल लाग्नु पर्नेमा जोड पनि दिए ।
टाईगर युवा क्लबका अध्यक्ष दिनेश गुरुङको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य माननीय दिपक गिरिकोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वर्गीय मिनबहादुर केसीका बुवा चेत बहादुर केसी,उनकी धर्मपत्नी छवि केसी,दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष सुशील श्रेष्ठ,महासचिव लक्ष्मण बस्नेत,अमृतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त खरेल,कमल जंग गुरुङ लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन टाईगर क्लबका संस्थापक अध्यक्ष प्रेम प्रकाश मल्लले गरेका थिए ।
यसैबिच प्रतियोगिताको उद्घाटन खेलमा युवा संजाल तुलसीपुर – ३ ले बिजयी सुरुवात गरेको छ ।
आयोजक टाईगर युवा क्लब तुलसीपुर – ३ दमारगाउलाई एकका विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै युवा संजालले बिजयी सुरुवात गरेको प्रतियोगिताका संयोजक सुरबिर गुरुङले जानकारी दिए ।
प्रतियोगिता अन्तरगत भोलि बिहिवार तीन खेल हुनेछ्न । असअनुसार बिहान साढे सात बजे हुने पहिलो खेलमा ज्ञान ज्योती क्लब तुलसीपुर कालो र तुलसीपुर वडा न १६ भिड्नेछन् ।
फुटबल खेलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ लगाएत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहेको छ ।
एक सातासम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद १ लाख ३० हजार रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता टिमले नगद ६५ हजार रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिनेछ ।